भारतमा बस्ने नेपालीहरु पहिले राष्ट्र बचाउने पहल गरौ

बाबु रोका मगर  
” जब सम्म हामी नेपालीहरु बीच एकता हुदैन तबसम्म खुनी नंग्राहरुले नेपाल आमाको छाती चिथुरी रहने छन् “
भारतको राजधानी दिल्ली शहर नेपालीहरुका लागि कुनै नौलो शहर होइन पुर्खौ देखि स्वाभिमानी,इमान्दार बहादुर हरुको नाम बाट चिनिने नेपालीहरु को पहिचानमा ह्रास आएको छ यो कुराले भने नौलो जस्तो लाग्छ | यहाँ सामान्य जनता देखि लिएर पत्रकार, कलाकार ,नेता अभिनेताहरु आदिको जन्म स्थल पनि मानिन्छ यता कता नेपाल देश चलाउने रिमोट पनि दिल्ली मा नै भएको सुनिन्छ | नेपाल अनि भारत बीच लगभग भाषा संस्कृति र रहनसहनको मेल खाने छिमेकी भारत नै हो यहाँ धेरै नेपालीहरुले कतै नोकरी गरेका छन् त कतै आ-आफ्ना ब्यापार ब्यबसाय कुनै ब्याक्ति आफ्नो गाउघर छोडी सके पछि अर्को मुलुक पस्छ यस्तो मुलुकमा नेपालीहरु बीच आपसमा भाइचारा र राष्ट्र प्रतिको लगाव हुनुपर्ने नित्यान्तै आबश्यक हुन्छ तर यतिबेला सबै एकाएक बदलिदो अबस्था देखिएको छ |  
समयको गति संगै मानिसहरुको मन र सोच्ने तरिका पनि त्यहि किसिमले बदलिदै आएको छ दिल्ली NCR मा कार्यरत नेपालीहरु बीच एकआपासमा एकताको भावना नभएको स्पस्ट देख्न सकिन्छ नेपालका गाँउ, समाजबाट अपहेलित छि छि र धुर धुर भएर आएका केहि ब्याक्तिहरुले दिल्ली NCR का क्षेत्रमा आफुलाई समाजसेवी, राष्ट्रप्रेमी देशप्रेमी ठान्नेहरुको कमि छैन आफ्नो स्वार्थ र पैसाको निम्ति आफ्नै दाजुभाई दिदीबहिनी हरुलाई ठगि गर्नेहरुको कमि छैन गाउँका सिधा सादा नेपाली चेलीहरुलाई नोकरीको लालच दिएर बेच्नेहरूको कमि छैन | यहाँ बेचिन्छन, पिटीइन्छन, बलात्कृत हुन्छन र लावारिस हुन्छन यस्ता घटना हरुको राजधानी पनि हो दिल्ली |  
दिल्लीमा धेरै नेपाली संघ संस्थाहरु झरी च्याउ उम्रिएका जस्तै उम्रेका छन् जो काम थोरै कुरा धेरै गर्छन दुइचार वटा मिठा कुरा र समाजसेवीका भाषण दिदैमा समाज र राष्ट्र बन्दैन र त्यस्ता ब्याक्तिहरुले आफुले आफुलाई राष्ट्रवादी र समाजवादी नसोच्नु नै उचित होला ! दिल्लीमा पैसाको लागि सांस्कृतिक कार्यक्रम गरिन्छ छाती र घाँटीमा दोसल्ला र ब्याच टाँस्नको लागि पैसाको बिटो पछार्ने पनि गरिन्छ कार्यक्रम पछि मोज मस्ती रमाइलो आदि इत्यादि….. ! यस्ता ब्याक्तिहरुलाई सहयोग र साथ् दिनेहरुको पनि कमि छैन राजधानी दिल्लीमा !
आज देशको अबस्था दर्दनाक स्थितिमा गुज्रिदै छ ग्यास छैन तेल छैन अबको केहि दिनपछि हामीलाई दैनिक रुपमा चाहिने नुन पनि बन्द हुन सक्छ यस्तो अबस्थामा हाम्रो परिवार कसरि बाँच्न सक्ला प्रश्न? छ केहि उपाय? सायद यस्तो कुरा धेरैलाई मजाक लाग्न सक्छ सदियौ देखि खुल्ला रहदै आएको खुल्ला सिमानाहरुमा आजको दिनमा भारतीयहरुले लगाएको नाकाबन्दि बिरुद्द सम्बन्धि भारतमा बस्नेहरुले किन आवाज उठाउन सकेको छैन? कहाँ छन् ति दिल्लीमा दर्ता भएका संघ संस्थाहरु ? जहा संस्थाको नाम पछाडी( रजि.) लगाएका हुन्छन कहाँ छन् ति समाजसेवी राष्ट्रवादी नेताहरु? आफुलाई सुपरम्यान ठान्नेहरु किन मौन छन् नेपाली जनताहरु? तिजको रमझम र अन्य कार्यक्रममा मात्र लाखौ जहारौ को संख्यामा कम्मर हल्लाउनेहरु आज कता बिलिन भएका छन् आफ्नै देश माथि थिचोमिचो भईरहदा खेरि ?  
धेरै नेपालीहरुको उस्तै भनाइ सुनिन्छ हामीले हाम्रो धर्म, कला र संस्कृति बचाउनको लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो तर यतिबेला राष्ट्र जोखिममा छ फेरी पनि यस सम्बन्धि कुनै सन्देश मुलक कार्यक्रम हुन सकेको छैन दिल्लीमा? जब राष्ट्र नै बचाउन सकिएन भने धर्म, कला र संस्कृतिको कुरा गर्नु बालुवामा पानि खनाए जस्तो हो | यदि भारतीयहरुले नेपालमा गएर आक्रमक थिचोमिचो गर्न सक्छन भने अब निश्चित समय आएको छ हामि पनि बहादुर नेपालीका सपुत हौ यिनीहरुको बिरुद्द उठ्न सक्नु पर्छ, भारतमा बसेका सम्पूर्ण नेपालीहरु हातेमालो गर्दै एकतामा बाँधिएर देश रक्षाको निम्ति जुट्नु पर्छ, यो स्थिति पुर्याउने केवल भारतीय मात्र नभई राष्ट्रघाती नेपालीहरु पनि स्वयम् भागिदार छन् हामिहरु बीच भएका यस्ता शत्रुहरुलाई चिन्दै मास्न सक्नु पर्छ | यहि नै हामि नेपालीहरुको मुख्य कर्तब्य हो होइन भने हामीलाई नेपाल आमाले सरापने छिन धिक्कार्ने छिन सबैलाई चेतना होओस !
धेरै गर्यौ नेपाल माथि अन्याय अत्याचार हाम्रो खुकुरीमा अझै खिया लागेको छैन भारतीय दलालहरु होस गर खबरदार !