“देशभक्ति आवाज”

बाबु रोका मगर 
अर्घाखाँची नेपाल, हाल (दिल्ली) 
अब झिक्नै पर्ने भो डोब भित्र राखेको गोर्खे खुकुरी
रहर होइन बाध्यता हामी नेपालीहरुको मजबुरी
कति सताउछौ हामीलाई ए राष्ट्रघाती अपराधी  
देशलाई टुक्राई आमालाई रुवाइ के पाउछौ उपाधी?
अब उठाउने पर्ने भो जिजुबाले खेलाएको बन्दुक 
बनाउनु पर्ने भो देशका दलालहरुको लास राख्ने सन्धुक
नेपाली ठिटो आटो र पिठो खाएको त्यो गुन्द्रुक 
अब उधाउनु पर्ने भो खुकुरी जुटाउनु पर्ने भो बन्दुक |
बोलेर मात्र होइन काम गरेर नै हुन्छ उपलब्धि 
खोजौ अब हामी भित्र भएका शत्रुलाई छपछपी 
झिक्नु पर्छ खिया लागेको खुकुरी चम्किन्छ धपधपी
काट्नु पर्छ दुस्मन लाइ मुला काटे जस्तै छपछपी |    
अब बिउझाउनु पर्ने भो जिउदै मारेका ति विरहरुलाई 
रहर होइन बाध्यता लडाई लड्न हामी नेपालीहरुलाई 
आउ अब जगाऔ उठाऔ भोकाबन्दु अनि देशभक्तिहरुलाई
देउ अब सहारा हामीबीच भएका शत्रुहरु मास्न लाइ | 
जन्म देउ नेपाल आमा अब देशभक्त छोराछोरी हरुलाई }३