सन्धिखर्कको टुडिखेलमा तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता

गोपाल प्रसाद भट्टराई 



सन्धिखर्क, अर्घाखाँची ।  जिल्ला सदरमुकाम सन्धिखर्क २ मा अवस्थित २०६२ सालमा स्थापना भएको अर्घाखाँची यूवा परिषदका संस्थापक अध्यक्ष स्व. तिलक खत्रीको सम्झनामा गा.वि.स. स्तरिय तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता शुक्रवार वाट सन्धिखर्कको टुडिखेलमा संचालन भएको छ । 

 



 

यूवाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने नाराका साथ स्थापीत यूवा परिषदले समाज परिवर्तनका क्षेत्रमा काम गर्नुको साथै जिल्लालाई खेलकुदको क्षेत्रमा अगाडी वढाउन स्थापना काल देखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । अर्घाखाँचीमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सन्धिखर्क २ मा रहेका यूवाहरुलाई समाजसेवामा अग्रसर वनाउने ध्ययका साथ स्थापित अर्घाखाँची यूवा परिषदको आयोजनामा सुरु भएको भलिवल प्रतियोगितामा जिल्लाका विभिन्न गा.वि.स. र सन्धिखर्क नगरपालीकाका विभिन्न वडाहरुवाट १८ समुहले भाग लिएका छन् । 

 



 

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय  स्थान हासिल गर्ने समुहले क्रमस. ३० हजार , २० हजार र १० हजार नगद र सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नुको साथै लगातार ३ वर्ष सम्म प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहले नगद एक लाखको साथमा सिल्ड आफ्नो कव्जमा पार्न सक्ने आयोजकले जानाकारी दिएको छ । 

 



 

प्रतियोगिताको उद्घाटन मन्तव्य राख्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले खेलले नेपालीहरुमा राष्ट्रिय एकताको भावना पैदा गर्ने बताउनु भएको छ । भुसालले जिल्लालाई खेलको क्षेत्रमा विकास गर्न विभिन्न गाविसहरुमा विषेश खेल मैदान निर्माण गर्ने योजना रहेको र खेलप्रेमी हरुलाई आफ्नो ठाउँबाट सदैव सहयोग र सर्मथन गर्ने बताउनु भयो । उद्घाटन शत्रमा नेपाली कांग्रेसका सभापति कमल प्रसाद भुसाल, ने.क.पा एमालेका सचिव राम बहादुर चौहान, ए.माओवादीका सचिव ठाकुर कुमार वि.क, राष्ट्रिय जनमोर्चाका सचिव गोपाल पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष देवी बहादुर खड्का, प्रहरी नायव उपरिक्षक कमल प्रसाद खरेल, चन्दन नाथ गणका सहायक गणपति, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतको उपस्थिती रहेको थियो ।

 



 

शुक्रवार भएको प्रतियोतिताको पहिलो खेलमा धारापानी गा.वि.स.ले ढाकावाङ्गलाई पराजीत गरेको छ  भने दोस्रो खेलमा ठाडा गा.वि.स.लाई जुकेना गा.वि.स.ले हरायको छ । यसैगरि तेस्रो खेलमा सितापुरले सन्धिखर्क ९ खाँचीकोटलाई पराजित गरेको छ । खेल शनिवार विहान ७ बजे देखि सुरु हुने परिषदका सदस्य कृष्ण प्रसाद खनालले बताउनु भएको छ ।