एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,।
सधै अरुको घरमा पुजा पाठ लगाएर दौनिक मागी ल्याएर आफ्नो परिवारको जीविका चलाइ रहेका ब्राह्मणहरुको छोरा छोरीहरुलाई राम्रो शिक्षा दिन गाउकै कमाईमा प्रयाप्त नभएको हुदा एक दिन दुई ब्राह्मणले सल्लाह गरि गाउ देखि टाडा अर्को सहरमा गएर केहि रुपैया ,पैसा कमाइ ल्याउने भनेर घर देखि हिडे ।
दिन भरिको हिडाईमा लाथ्रम्म थाकेका यी दुई ब्राह्मण जंगलको बाटो काट्न केहि समय अझै बाकी थियो हिड्दै जादा झमक्कै साझ पर्यो,। अझै केहि घण्टा हिडे पछी मात्र पल्लो डाडा काटेर गाउ आइ पुग्ने भएकोले उनीहरु निक्कै थकित भएकोले रुखको फेदमा बस्दै हिड्दा अन्धकार रात पर्यो, । जंगलको बाटो बाध,भालु ,साप किराहरुको डरले थर थर काप्दै हे हरि हामीलाई बास बस्ने ठाउँ देखाऊ भन्दै पुकार्दै डराई डराई हिड्दै थिए, ,अँधेरी रातले गर्दा अब उनीहरुले बाटोलाई समेत ठम्याउन सकेन्न तर त्यही अलि टाडा जुनकिरीको झैँ झिप झिप ,धिप धिप गरेर बत्तिको उल्यालो देखेर अलि आट गरेर पाइला छिटो छिटो लम्काए ।, दुईले त्यही बास माग्ने मिलो मत्तो गरेर सानो झुपडीको नजिकै बाहिर पट्टि उभिएर बोलाए ।
हैन कोहि घरमा हुनु हुन्छ कि? गुमसुन जंगलमा एउटा सानो कुटी देखेर खुशी हुदै बास माग्न आको है हामी त । पल्लो डाडा काटेर गाउ जान हिडेका यही रात पर्यो । औशिको रात चकमन्न ,सुनसान छ ,लाखात्रम भएर पसिनै पसिनामा भिजेका ती दुइ ब्रह्मंले निधारको पसिना शिवको जटा बाट गंगा बहे झैँ औलाले पसिनालाई निथार्दै बाहिरको बरण्डामा थुचुक्क बसेर खुई खुई गर्न थाले । ,खै कोहि पनि बोल्दैनन त् छैन कि क्या हो ? बाहिर गुनगुन गर्ने को हो हा .”.लम्काने राक्षस् । दिनभरी भोक्कै प्यासी बसेका धेरै छोरा छोरी भएको त्यो राक्षस् ती दुइ ब्राह्मणलाइ देखेर अति नै खुशीले गद्गद भै झुपडीको एउटा कुनाबाट निस्कदै भन्यो, ओहो । मध्यरातको पाहुना भगवानले पठाएका हाम्रो सानो झुपडीमा आउनु होश भित्र, किन नदिनु र बास । तपाइहरुलाई देखेर मन अति नै हर्सित भएको छ ।
अति नै खुशी छु ,लौ भित्र जाउ ,म केहि खानेकुरा श्रीमतीलाई तयार गर्न भन्छु, तपाईहरु अति नै थाक्नु भएको छ हात मुख धोएर बस्नु होश,उ पर त्यहा धारा छ । बाहिर बाट बाधको झुपडी झैँ देखिए पनि भित्र भने अति नै ठुलो र फराकिलो अनि धेरै जना परिवार देखेर ,बाहुनले सोधे सबै जना एकै साथ हुदा अति नै रमाइलो हुन्छ हैन त् ? तर परिवार चलाउन चाही एक्लोको कमाइ भयो भने गाह्रो । मेरो झैँ तपाईका पनि बच्चाहरु साना नै रैछन । आज दिनभरी बाटो हिड्दा एकै जनालाई पनि देख्न पाइएको थिएँन यहा आएर सबै परिवारलाई देख्दा खुशि लाग्यो भन्दै मुखा मुख गरे ती दुई ब्रह्मंले । लाम्कने राक्षस् ले आफ्नी श्रीमती लाम्कानीलाइ ठुलो स्वरले थर्काउदै भन्यो घरमा पाहुना आएको थाहा पाएनौ कि कसो ?, आफ्नो कुरामा सबै मस्त छौ त चाडैं गरेर सबै मिलि जुली मिठो खान बनाएर पाहुनाको सत्कार गर । अनि तिमीहरु पछी रमाउनु । लाम्कानेले उसको छोरा लाम्बाधेलाई अह्राउदै भन्यो तैले गएर राम्रो संग बिछ्यौना तयार गर ।
खानाको परिकार पाकेको मिठो बस्नाले बाहुनहरू आपसमा कुरा गर्न लागे ,घर झुपडी भए पनि मन भने अति नै ठुलो भएका रहेछन ,सम्पति त् केहि देखिदैन हामी झैँ दिनभरी कमाएर परिवारको जिवीका काट्ने झैँ देखिन्छन । जे भए पनि मनोकरी रैछन ,आजको रात काटेर बिहान चाडै उठी हिड्नु पर्छ दिन भरिमा त डाडा काटे पछी गाउ पुगिन्छ । उनीहरु आनन्दको सास लिदै मात्र के थिए ,शरिरको पसिना मात्र केहि ओभाएको थियो ,लाम्कनिले भान्सा बाट कराँइन ए लाम्बाधे ,गएर पाहुनालाई भान्सा तयार भयो भन त् । बोलाएर ल्याउ लाम्बाधे लौ हजुर खान जाउ । हजुरहरु पनि खाना खाएर आराम गर्नुहोश अनि हामी पनि गर्छु रात छिपिएको छ । हुन्छ नि बाबु, किन यति दुख गर्नु पर्थ्यो र ?, भन्दै ति दुइ ब्रह्मण भान्सा तिर पसे पिरह्मा बसेर खाना मिठो धेरै परिकारको एकै छिनमा पकाएको देखेर मन हर्सित गर्दै दिनभरी भोकले प्यासिएको मन धमाधम ठुलो ठुलो गास हालेर खान लागे ।
लाम्कानी मुसु मुसु हास्दै मन मनै भन्दै थिइ ल ल खाऊ खाऊ अहिले तिमीहरु भोको छौ ,मनलाई सन्तुष्ट पार अलिक बेरमा तिमीहरुलाई हामीले त्यसै गरि पक्वान बनाएर आत्मा तृप्त गर्ने छौ । हामी पनि तिमीहरु जस्तै दिनभरी केहि खान नपाएर भोकले चुई चुई गरेर बसेका छौ । मनमा गुन्दै लाम्कानी केहि लिनु हुन्छ कि ? त्यही बेला, पल्लो कोठामा बसेर लाम्कानेको छोरा छोरीहरु आपसमा तक्राड गर्न लागे । म आज ह्याकुला खान्छु धेरै दिन भाको छ खान नपाएको ,अर्कोले भन्छ म ,खुट्टाको फिल्ला खान्छु त् कोहि के कोहि के