रसियन एअरलाइन्स कोगालिमावियाको ए-३२१ एअरबस विमान शनिबार इजिप्टको मध्य सिनाइमा दुर्घटना भएको छ ।
२ सय १७ यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको इजिप्टका प्रधानमन्त्री शरिफ इस्माइलले पुष्टि गरेका छन् । २ सय २४ जना सवार सबैको मृत्यु भएको छ ।
इजिप्टको शर्म-अल-शेख सहरबाट रुसको पिटसवर्गका लागि उडेको विमानमा चालक दलका ७ सदस्यसहित २२४ जना सवार रहेको जनाइएको छ । विमानमा अधिकांश रुसी पर्यटकहरु सवार रहेको बताइएको छ ।
इजिप्टका सन्चारमाध्यमहरुले दुर्घटनाग्रस्त विमानको अवशेष फेला परेको र २० भन्दा बढी एम्बुलेन्सहरुलाई दुर्घटनास्थलमा परिचालन गरिएको जनाएका छन् ।
रुसी अधिकारीहरुले विमानले उडान भरेको २३ मिनेटमा साइप्रस एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको र