स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीको नेपालको नियमित बैठक सन्धिखर्कमा सम्पन्न

डिल्लीराज घिमिरे
सन्धिखर्क, अर्घाखाँची । स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीको नियमित वैठक सन्धिखर्कमा सम्पन्न भएको छ । 
वैठक संस्थाका अध्यक्ष हरि प्रसाद भुसालको अध्यक्षता, सचिव शिव वेल्वासेको संचालन, उपादक्ष्य अम्विका वेल्वासे श्रेष्ठ, जिल्ला समिती सदस्य डिल्लीराज घिमिरे, सल्लाहकार डवल वहादुर विसी, मुक्तिनाथ भुसाल लगायतको उपस्थितिमा होटल लभकुसको सभाहलमा सम्पन्न भएको हो ।
भेलाले सस्थामा नयाँ आवेदक पशुपती श्रेष्ठ, राजु खड्का, दिनेश गैरेलाई सदस्यता समेत वितरण गरेको छ । साथै भेलाले संस्थाको प्रथम साधारण सभा यथासिघ्र सम्पन्न गर्ने निर्यण गरेको छ । 
भेलावाट इच्छुक सवैमा यस संस्थाको सदस्यता खुला रहेको समेत जानकारी गराउने निर्णय गरेको छ । 
पत्रकार वन्नु त स्वतन्त्र वन्नु स्वतन्त्रता नै हो पत्रकार भन्नु मुल सिद्धान्तमा विक्रम सम्वत २०७१ चैत्र १४ गते स्वतन्त्र पत्रकार संघ नेपाल स्थापना गरिएको थियो । 

अन्य समाचारहरु