भारतको विहारमा आज(आइतबार) विधानसभाको चौथो चरणको मतदान भइरहेको छ ।
विधानसभाका ५५ सिट चयनका लागि आज निर्वाचन भएको हो । निर्वाचनमा बरिष्ठ मन्त्री रमई राम, रंजु गीता र मनोज कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान छ ।
मतदानका लागि १४ हजार १ सय ३९ मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा ७ सय ७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जसमा ५७ उम्मेदवार महिला छन् । मतदानलाई ध्यानमा राखी सुरक्षा ब्यवस्था कडा पारिएको छ । (एजेन्सी)