भारतीय प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा सत्तारुढ भाजपा नराम्ररी पराजित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित भएको छ ।
वाराणसीको ४८ जिल्लाको स्थानीय पञ्चायत निर्वाचनमा मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थानमा मात्रै जितेका छन् ।
यस्तै गृहमन्त्री राजनाथ सिंहको लखनउ क्षेत्रका २८ स्थानमा पनि भाजपाले चार स्थानमा मात्रै जितेको छ ।
मोदीको लोकप्रियताको कसीको रुपमा समेत हेरिएको यस निर्वाचनमा भाजपाको हारले विधानसभा निर्वाचन समेत मोदीको प्रतिकुल हुन सक्ने आंकलन भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् । (एजेन्सी)