गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्क १ को वडाभेला सम्पन्न गरको छ । भेलाले राजेन्द्र नेपालीको अध्यक्षतामा १५ सदस्यिय राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालीका १ नम्बर वार्डको वडा समिति गठन गरेको हो ।
जसको उपाध्यक्ष मिना वि.सी., सचिव राजेन्द्र आचार्य र कोषाध्यक्षमा थम्मन के.सी. चुनिनुभएको छ । वडासमितिको सदस्यहरुमा राधा आचार्य, देवेन्द्र कुँवर, शोव बहादुर वि.सी., गिता ढकाल, सिता नेपाली, जुद्ध बहादुर नेपाली, रामकला पौडेल, रुद्र बन्जाडे र बुद्धी चुदाली रहनुभएको छ ।
सिद्धी प्रसाद भट्टराईको अध्यक्षता र देवेन्द्र कुँवरको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल,ने.क.पा.(मसाल)का जिल्ला प्रवक्ता थम्मन के.सी., राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य गोविन्द वि.सी.र अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना पोख्रेलले प्रशिक्षणात्मक मन्तव्य राख्दै दशको समसामयिक परिस्थीतिको बारेमा पार्टीको धारणा समेत बताउनुभएको थियो ।