अर्घाखाँचीबासी शान्ता मानवी श्रममन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन उपप्रधामन्त्री र चार मन्त्री थपेका छन् ।



अर्घाखाँचीबासी एमाले पोलिटव्यूरो सदस्य तथा सांसद शान्ता मानवीले श्रममन्त्रीका रुपमा सपथग्रहण लिएकी छन् । 



मानवी बामदेव गौतम निकट मानिन्छिन् ।



अर्घाखाँची सन्धिखर्क नगरपालिकाको वाङ्ला स्थित कोटफेराकी स्थायी बासिन्दा मानवी १२ वर्षको उमेरमा बिधवा भएकी थिइन् । त्यसपछि घरमा बस्न नसकेर केही समय माइती बसेपछि उनी भूमिगत कम्युनिस्ट राजनीतिमा लागेकी हुन् ।

 

world news

 

यस अघि  टोप बहादुर रायमाझी उप-प्रधान तथा उर्जामन्त्री भइसकेका छन् । 

 






शान्ता मानवीको बारेमा


































































नाम मा. शान्ता मानवी मा. शान्ता मानवी
लिङ्ग महिला
वर्ष २०७०
वैवाहीक स्थिती विवाहित

छोरा छोरीको संख्या

 
   क. छोरि
   ख. छोरा
स्थाइ ठेगाना जिल्ला : अर्घाखाँची, गा.वि.स.न.पा. वाङ्ला,वडा नं.:  ५ ,टोल: कोटफेरा (अहिलेको सन्धिखर्क नगरपालिका )
फोन नम्बर ९८४१५२६३०९
अस्थाइ ठेगाना जिल्ला : काठमाण्डौ ,गा.वि.स.न.पा. : का.म.पा. ,वडा नं. : १० ,गाऊँ टोल : सहभागिता मार्ग
फोन नम्बर १-४४९०४२४
पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जिल्ला अर्घाखाँची
क्षेत्र नम्बर समानुपातिक
चुनाब को प्रकार समानुपातिक
शिक्षा
इमेल shanta.manavi@yahoo.com
वेब ठेगाना
आदलति मुद्दा  





शान्ता मानवी एउटा होनहार संघर्षशील महिला, वि.सं. २०२८ सालदेखि आजसम्म निरन्तर रूपमा सङ्गठित र संघर्षशील जीवनशैली हाँकिरहनुभएको छ। जम्माजम्मी प्रमाणपत्र तहसम्मको निजी अध्ययनकै आधारमा उहाँले आफ्नो अध्ययनको परिधिमात्र फराकिलो पार्नुभएन सङ्गठन विस्तारमा सङ्गठानिक कार्यमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। अर्घाखाँची जस्तो विकट ठाउँमा जन्मेर पनि अवसरहरू नपाई-नपाई पनि आफैँ अवसरहरू जुराएर उहाँले थुप्रै उदाहरणहरू कायम गर्नुभएको छ र आफ्ना कार्यहरूमार्फत  अभिव्यक्त भइसक्नुभएको छ शान्ता मानवी र अभिव्यक्तिकै माध्यमले स्थापित पनि महिला नेतृको रूपमा र  पुरुष नेतृको रूपमा पनि।



वि.सं.२०२८ सालदेखि बनारसमा का. पुष्पलालसँग कार्य गर्न थाल्नुभएकी मानवीले आज २५ वर्षपछि पनि उस्तै तत्परतासाथ सङ्गठानिक कार्यहरू गर्दै आउनुभएको छ। आइपरेका कस्तै चुनौतीहरू पनि  परास्त गर्दै अगाडि बढ्दै आउनुभएको छ, पछाडि फर्केर हेर्नुपरेको छैन आज पर्यन्त।



देश