सन्धिखर्कको गहतेडाँडामा करेन्ट लागेर एक जना युवतीको मृत्‍यु ! धरमपानीका ट्याक्सी चालकले गरे आत्महत्या

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम )। अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक जना युवतीको मृत्‍यु भएको छ । 

 



 

आफ्नै घर नजिक बारीमा घाँस काटिरहेको बेलामा करेन्ट लागेर सन्धिखर्क नगरपालिका – ९ को गहतेडाँडाको १८ वर्षिया  लीला मुखियाको मृत्‍यु भएको हो । 



बिद्युत हाईटेन्सनमा बारीमा रहेको रुख छोईँदा उनको मृत्‍यु भएको बताइएको छ । उनलाई करेन्ट लागेपछि उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । उपचारका क्रममा उनको मृत्‍यु भएको थियो । 



धरमपानीका ट्याक्सी चालकले गरे आत्महत्या



जिल्लाको सन्धिखर्क धरमपानीका एक जना युवकले आत्महत्या गरेका छन् ।

 



 

लु १ ज २७६७ नम्बरको ट्याक्सी चालक गणेश पाण्डेले धरमपानी आफ्नै घर नजिक झुन्डिएर आत्महत्या गरेका हुन् । गत कार्तिक १५ गते आईतावार गणेशले आत्महत्या गरेका थिए । आत्महत्याको कारण भने खुल्न सकेको छैन् ।    

 

अन्य समाचारहरु