डिल्लीराज घिमिरे
उत्तर तर्फ बग्ने दुर्गा अनि सिस्ने खोला !
यस्तो नदि नेपाल मै कमै मात्र होला ।।
धन्चौरको झरना हेर्नु कस्तो राम्रो गाउ ।
एक पटक मात्र हेर्नु लाग्नेछ फेरी जाउ !!
मैदानको आलम देबी कलिकाठी सिर !
बागी माथि हंसापुरमा कति ठुलो भिर ।।
ठाडा को कमल दह अनि सिद्धराको बन ।
जडी बुटी हरियाली जिल्लाको हो धन !!
नरपानी को चिसो हावा त्यसैमाथि खाँची !
त्यसै माथि पंक्षी हरु खेल्छन नाची नाची ।।
हरियाली प्रसस्त छ के नै रहयो बाकी ।
सुन्दर ताले भरि पूर्ण मेरो अर्घाखाँची !!
महाभारत सिर संगै लहरे लेक घेरा !
कालिकाठी सिरमा चडी लुम्बिनीलाइ हेर ।।
रुपन्देही कपिलबस्तु जिल्ला देखि माथि ।
अर्घाखाँची जिल्ला मेरो लुम्बिनीको छाती !!
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरे एकल यात्रीको साहित्य संग्रह मेरो अर्घाखाँची”भाग २ पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )