मेरो अर्घाखाँची भाग ०२

डिल्लीराज घिमिरे

कति सुन्दर हरीयाली त्यों सिमल पानी ।
महाभारत रहरेलेक,पणेना र माला रानी ।।
धन्चौरमा झरना छ ठाडामा डमरु दह ।
पावरमा धान झुल्छ सधै पहेँलै लहलह ।।

सिद्धारामा सधै हरीयाली त्यसैमाथी मयुर ।
अर्घाखाँचीमा घुम्नै पर्ने स्थान छ है हजुर ।।
जुकेनामा शिक्षा दिने शिवदह र सुधा तिर ।
वेँसी पर्छ सितखोला लेक कल्लेरीको भिर ।।

शिक्षा,स्वास्थ्य,यातायात सवैमा छ धनी ।
पाँहुनालाई उच्च सम्मान कती राम्रो वाँनी ।
ठाडा अमराई सितखोला जुकेना जानलाई ।
जुकेनामा भ्रमण गरौँ दिदि वहिनी दादु भाई ।।

सीतापुर कती सुन्दर यसैमा वुढीचौरको शहर ।
सुवर्णखालको केन्द्र नै हो लाग्दछ सधै लहर ।।
सुवर्णखालको उच्च भागमा प्यारे भन्ने वस्ती ।
ठुलोजंगल वन्यजन्तु रमाउदै गर्छन मोजमस्ती ।।

सुवर्णखालको पुर्वी सीमा हल्दे भन्ने ठाउँछ ।
रमाईलो यो ठाँउमा जनजातीको गाँउ छ । ।
माथी पट्टी ठुलो भिर तल पट्टी खोलानाला ।
हल्दैको विच केन्द्रमा सानो एउटा पाठशाला ।।

( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग तीन पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )