मेरो अर्घाखाँची भाग ०४

डिल्लीराज घिमिरे 

अर्घा दरवार अर्घामा छ खाँचीकोटमा खाँची ।
सुपा देउराली मन्दिर छ खाँची खोला माथी ।।
छत्रथान छत्रगंजमा छ मैदानमा आलम थान ।
धातीवांगमा देवालय धौरालीमा सुपाको सान ।।

खिदिम र मैदानको तल पट्टी छ दुर्गा टारी ।
दुर्वासेस्वर (सात तले) गुफ़ा पर्छ यसै पारी ।।
वराजु वालुकण्ठको वर्थान र धजावान्ने ।
अर्घाखाँचीमा धेरै हिन्दु थोरै अरु धर्म मान्ने ।।

वहुजाती एउटै भाषा विविधतामा अर्घाखाँची ।
वाँच्नु छ यहाँ केही गर्नु छ यहाँ सधै हाँसीहीँसी ।।
अनेक जात भात भएनी एउटै धर्म मानवता छ ।
विविधताको विचमा जिल्लालाँसीमा एकता छ ।।

मन्दिरै मन्दिरहरु छन साना ठुला गरी हज़ार ।
सधै दर्शालुको भीड़ लाग्छ गाँउ र शहरवजार ।।
धर्म संस्कृतिमा महत्वपूर्ण यहाँका अनेक ठाउँ ।
विविधतामा रमाउने हो त अर्घाखाँची जाऔँ ।।

( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग पाँच पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )