डिल्लीराज घिमिरे
शिक्षाको विकासमा हाम्रो अर्घाखाँची ।
कोही छैन वन्जित यहाँ सवै जिल्ला वासी ।।
साना ठुला गरी स्कुल हज़ार भन्दा माथी ।
शिक्षाको ज्योति संगै हाम्रो अर्घाखाँची ।।
पाणिनी,हरीहर,महेन्द्र,कृष्ण आदी पाठशाला ।
शिक्षादेखी वन्जित यही सायदै कमै होला ।।
विज्ञान र प्रविधिको शिक्षापनी कमीछैन यहाँ ।
हेली कप्टर उडाउने व्याकती छन यहाँ ।।
समाज शास्त्री,वैज्ञानिक,राजनितिज्ञको ठाउँ ।
सवै समाजमा एकरुपता समानताको गाउँ ।।
कृष्ण मावी,धातिवान,देवीप्रभा आदी नाउँमा ।
पुराना र आधुनिक शिक्षाकेन्द्र खुलेगाउँमा ।।
के शहर के गाउँ समान विकाश यहाँ ।
अर्घाखाँची जस्तो समान नेपालमै कहाँ ।।
प्रविधिक शिक्षा देखी वैज्ञानिक पनी ।
अर्घाखाँची जिल्ला मेरो विविधताको धनी ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग आठ पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )