डिल्लीराज घिमिरे
दुवई,क़तार,वहराईन,भारत र सउदीअरव सम्म ।
धेरै देशहरुमा संगठित छौ गर्छौ सामाजिक काम ।।
अर्घाखाँची सेवा समाज,कतार भरी छाउदै आयो ।
अर्घाखाँची सम्पर्क समितीको नाम दुवईमा गयो ।।
वहराईनको साझाचौतारी जिल्लावाँसीको थलो ।
प्रवासी समाज वहराईनले गर्दै आएको छ भलो ।।
सउदी अरवमा दुंई संगठन जिल्ला कै छ नाम ।
जिल्ला वाँसीएक भई गरीदैछ सामुहिक काम ।।
भारतमा छ अर्घाखाँची वचत तथा सहकारी ।
देशैभरी विस्तार गर्दै वनाईदै छ प्रभावकारी ।।
द.कोरीयामा अर्घाखाँची सम्पर्क समिती वनी ।
सामुहिक कार्यमा सधै अगाडी अर्घाखाँची धनी ।।
साझा विस्वसंजाल वन्दैछ जुटी जिल्लावाँसी ।
हरीयाली पाखामा छ मनमोहक मेरो अर्घाखाँची ।।
विस्वमै जहाँ रहुँ जसो गरौँ मन पुग्छ सधै त्यही ।
यहाँजस्तो विविधतामा एकता पाईन अन्त कही ।।
विस्वको हरेक देश देखी अर्घाखाँची वोल्दैछ ।
जहाँ पुग्छ जिल्लावाँसी त्यही संगठन खोल्दैछ ।।
अाई.ए.सि.ओ.आएकोछ एक जुट गराउनलाई ।
अव हातमा हात मिलाऔँ दीदीवहिनी दाजुभाई ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग पन्ध्र पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )