डिल्लीराज घिमिरे
पोखराथोक,पणेना,वल्कोट र ठाडा पनी ।
ठुलापोखरा,सन्धिखर्क शिक्षामा नै धनी ।।
सिमलपानी र सिद्धारामा हरियाली पाँखा
म जहाँ भए पनी अर्घाखाँचीमै मनआँखा ।।
दुर्वासेस्वर गुफा छ दुर्गाफाँट पल्लो पाँखा ।
अर्कों गुफ़ा पनी छ धातिवांगको विच काँख ।।
डिभर्ना विचमा अर्कों नयाँगुफ़ा पत्तालाग्यो ।
यस्तै खाले स्थलमा घुम्नलाई ईच्छा जाग्यो ।।
पुगीसक्यो मोटरवाटो गाँउगाँउ वस्तीवस्ती ।
घुम्न आउनु अर्घाखाँची हुनेछैन कुनै सास्ती ।।
कपिल वस्तु देखी उत्तर पाल्पा देखी पस्चिम ।
प्युठान देखी पुर्व पर्छ गुल्मी देखी दक्षिण ।।
डाँडापाँखा हरियाली उच्चपहाड़ टलटल ।
सितखोला,खाँचीखोला सदावहार सलसल ।।
मथुराव्ेँसी,छत्रथान,पाणीनी तपोभुमी पनी ।
अर्घाखाँची जिल्ला मेरो विविधताको धनी ।।
वयालीस गा.वी.स. छन दुंई क्षेत्रिय नाउँ ।
सन्धिखर्क सदरमुकाम अन्य धेरै वस्ती गाँउ ।।
गोरुसिंगे सन्धिखर्क मध्य अर्घाखाँची देखी ।
ढोरपाटन मार्ग खुल्यो सुखी पार्दै गाँउ वेँसी ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग सोह्र पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )