डिल्लीराज घिमिरे
जताततै हरीयाली कति सुन्दर पहाडको छाती ।
मेरो प्राण भन्दा प्यारों लाग्छ हाम्रो अर्घाखाँची ।।
धनचौरको झरनासरी सधै वगीरहु जस्तो हुन्छ ।
अर्घाखाँची सम्झील्याउदा किनकिन मन रुन्छ ।।
सदावहार वगी रहने वन्न मन छ खाँचीखोला ।
अर्घाखाँचीलाई सम्झी नरुने मन कसको होला ।।
विविध स्थानमा छन पहाड़ अग्लो र होचो यहाँ ।
अर्घाखाँची जस्तो रमणिय पाउदैन जान्छु जहाँ ।।
घुम्दा विदेश भारत,अमेरीका र अरवको क़तार ।
मेरो अर्घाखाँचीमै आउन मनमा लाग्थ्यो हतार ।।
४२ सै गावीसको केन्द्र सदरमुकाम सन्धीखर्क ।
विदेश र तपाई हैन युवा अव अर्घाखाँची फ़र्क़ ।।
विकास गर्ने तपाईहामी हातमाहात मिलाउनु छ ।
अर्घाखाँची अवदेखी विकास रेखादिलाउनुछ ।।
भाग्छौ सधै विदेशमा भन्छौ विकास भएन यहाँ ।
तपाईहामी विदेश रहदा विकासगर्ने कसलेयहाँ ।।
अवहामी तराईमा घरवनाई वसाईसरी जानेहैन ।
पहाड़ी अर्घाखाँची जस्तो विकास तराईमा छैन ।।
युवाको कमाई शहरमा हैन गाँउमा लगानी गर ।
उपल्ला पाखाको जनता सुविधा खोज्न नझर ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग अठार पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )