डिल्लीराज घिमिरे
सन्धिंखर्क सदरमुकाम अर्घाखाँची जिल्ला ।
राजनैतिक क्षेत्रमा छ कम्युनिस्टको किल्ला । ।
मध्य पहाड़ी जिल्ला पर्यो दुई संसदीय क्षेत्र ।
विविध खालें राजनितीले वनाउछ विचित्र ।।
भौतिक विकास हुन्छन यहा सवै मिलीजुली ।
सामाजिक निकास गर्छन अन्य कुरा भुली ।।
सिस्नेखोला,हर्रे वर्र्े काण्ड हुने हो यों जिल्ला ।
विकासनिकास दुवैभएको अन्तकमै मिल्ला । ।
जातीय भेदभाव छैन समानता गाँउगाँउमा ।
सामाजिक सेवा हुनेगर्छ अनेक ठाउठाउमा । ।
अनेकअनेक संगठन छन विकास पनी भाछ ।
उत्तरदक्षिण ढोरपाटन लोकमार्ग यही हुदैगाछ ।।
मुख्य मार्ग गोरुसिंगे ठाडा हुदै सन्धिखर्क गयो ।
पाल्पा देखी तिनगिरे-घुम्ती सम्म पुर्वी मार्ग भयो । ।
गाँउ गाँउ सड़क विस्तार हुने अर्घाखाँची जिल्ला ।
यहाँको विकास हुनगयो राजनैतिक सहमती मिल्दा ।।
शिक्षा,स्वास्थ्य,विद्युत,संचार,संस्कृतिमा छैनकमी ।
मानवता र समाजसेवीमा अर्घाखाँची जिल्ला धनी ।।
हामीहरु सधैभरी वढ्ने गरौ मिलाई हातमाथी हात ।
यस्तै गर्दैजादा मिल्ने छ जिल्लावाँसी जनताको साथ ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग एक्काईस पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )