बुटवल । आजभन्दा करिव ४-५ बर्ष पहिला अर्घाखाँचीमा दसैं भित्रीयो कै बेग्दै रौनक हुन्थ्यो । काम विशेष र मजदुरीको करण विदेश गएका परदेशी गाँउ घर आउथे । सबै परिवारको भेटघाटमा हिन्दुहरुको महान वर्प दसैंको रौनक सुरु हुन्यो । परिवारिक मिलन मात्र होईन अर्घाखाँची जिल्लाको विशेषता बेकेको सरायँ नाँचले झनै रौनक थप्दथ्यो । जिल्लाका सबै गाविस मा दसैको दशमीको दिन देखि नै पुर्णीमा सम्म भव्य दशै मेला लाग्दथ्यो । तर अहिले दसैंको दृष्य कमै मात्रामा देख्न पाईन्छ ।
अर्घाखाँचीको सबै गाविस तथा क्षेत्रहरुमा एक आपसमा स्थानियहरु भेला भएर भाला, खुकुरी नचाउँदै विशेष कपडाले, जमरा र फुले सिँगारिएको आलमको वरीपरि नाच्ने विशेष प्रकारको सराँयको बेग्दै रौनक हुन्थ्यो । तर अहिले यो दृश्य पातलिदै गएको छ । अर्घाखाँचीका अधिकांस स्थानमा हुने सरायँ नाचमा हिले तरबार, भाला , ढाल खुकुरीको प्रयोग गरेको पाईदैन । तर केही केही स्थानमा भने यसको केही थोरै संख्यामा प्रयोग गरेको पाइएको छ ।
अर्घाखाँची जिल्लाको पश्चिम ढाकावाङ्ग गाविसमा केही बर्ष पहिला दसैं टिकाको अर्को दिन दिन देखि नै प्रत्येक दिन छुट्टा छुट्टै स्थानमा सरायँ नाच हुने गर्दथ्यो । तर अहिले केही स्थानमा सरायँ नाच नै हुन छाडेको छ । दसैको टिकको अर्को दिन (एकदसी)मा पिपलनेटा बजारमा विगत लामो समय देखि हुदै आएको साराँ नाच केही बर्ष देखि बन्द छ । केही बर्ष त्यहाका स्थानियहरुले एक आपसमा चन्दा संकलन गरी नाच प्रर्दशन गर्ने गरेको भएपनि २ बर्ष देखि उक्त नाँच बन्द भएको स्थानिय तिलकराम खनाल बताउँछन् ।
स्थानियले सरायँ मेला व्यवस्थापनको लागि केही बर्ष पिपलनेटा बजारका व्यापारी, स्थानिय समाजसेवी र बुद्धिजिविहरुले चन्दा संकलन गरी नाच प्रर्दशन गर्ने गरेका थिए । तर अहिले उक्त नाच लोप भएको छ । दशैको पहिले दिन उक्त गाविसको वर्डा नम्बर ४ उपल्ला ढकावाङ्गमा हुदै आएको ऐतिहासिक भवगती मन्दिरको मेला पनि अहिले केही सुस्त भएको छ । विगतका दिनहरुमा भव्य मेलाको रुपमा रहेको उक्त सरायँ नाचमा दर्शक तथा स्थानियको सहभागीता पातलिदै गएको मन्दिर व्यवस्थापन समितिका सचिव नारायण प्रसाद खनाल बताउछन् । उनका अनुसार केही बर्ष पहिलो मन्दिरको प्रमुख विशेषताको रुपमा रहेको उक्त सरायँ नाचमा दर्शक तथा दाताहरुको अभावको कारणले गर्दा केही सुस्ताएको हो ।
ढाकावाङ्ग गाविसकै ढावाचौरमा केही बर्ष पहिला त्यहाको भगवती मन्दिर व्यस्थापन समितिले राँगाको बली सहित प्रत्येक बर्ष दसैको द्वदशीको दिन सरायँ मेला आयोजना गर्दथ्यो । तर अहिले आर्थिक अभावको कारण अहिले मेला प्रभावित भएको छ । विगत केही बर्ष पहिला निकै भव्य मेलाको रुपमा रहेको उक्त दिन अहिले दिउसोबाट मात्र सरायँ नाच निकाल्ने गरिन्छ । स्थानिय बाध्यबाधकहरुलाई केही बर्ष पहिला राँगा बाली दिएको मासु र दक्षिणा दिने गरेकोमा अहिले भने केही मात्र दक्षिणा दिने गरेको छ । जसको कारणले पनि खासै रौनक नभएको स्थायनिय बाध्यबाधक(परिवारसमुहदाय)का व्याक्तिहरु बताउँछन् । अहिले उक्त स्थानमा दिउसो अवेरमा सारायँ नाच निकाली छिट्टै नै सरायँ भित्र्याउने गरिन्छ ।
ढकावाङ्ग गाविसको साम्नेगाउँमा स्थानियहरुले प्रत्येक बर्ष प्रत्येक घरबाट चन्दा संकलन गरी सरायँ नाचलाई निरिन्तरता दिएका छन् । मन्दिर व्यस्थापन समितिका अध्यक्ष तथा स्थानिय श्री विश्व उच्च माविका शिक्षक गोविन्द खनालले परम्परालाई जोगाउनको लागि यसरी प्रत्येक बर्ष सरायँ नाच्दै आएको बताउछन् । उनी भन्छन्- समुदायका व्याक्तिहरु आफै अग्रसर भएर यसरी प्रत्येक बर्ष सरायँ नाच प्रर्दहशन हुदै आएको छौैैं ।