अर्घाखाँची संपर्क समिती युएईको बैठक सम्पन्न

श्रीधर महत्रा



युएई । बिभिन्न बिषय सँग सरोकार राखी अर्घाखाँची जिल्लाबाट हाल युएईको बिभिन्न स्थानमा आउनु भएका अर्घाखाँची बाशीहरु को सुख दु:ख को चौतारी अर्घाखाँची संपर्क समिती युएईको बैठक बर दुबइको मेट्रो पार्कमा शुक्रबार सम्पन्न भएको छ। 

 



 

बिजया दशमीको समापान पनि भर्खर शुरु हुँदै दिपावालि शुभकामना सहित गत समयमा गरेका बिभिन्न कार्यक्रमको समिक्षा गरेको थियो। बिजया दशमीको अबसरमा गृह जिल्ला अर्घाखाँची र यु ए ई मा एकै पटक आयोजना गरेको कार्यक्रम बाट थप साथीहरुको एकता भएको संस्थाका अध्यक्ष राजु खड्काले प्रस्ट पार्नु भएको थियो।



घरमा भन्दा बढी समय परदेश मै बिताउनु पर्छ, यहाँ सुख दु:खमा साथ दिने भनेको नै हाम्रो मित्रताले हो त्यसैले हरेक समय सबै एक जुट हुनाले धेरै सहज् हुने हुँदा हाम्रो चौतारीलाई यु ए ई का हरेक कुनामा रहेका अर्घाखाँचीमा एक गराउन सफल होश र हाम्रो अभियान पनि त्यही हुनु पर्छ भन्दै संस्था सदस्य कमल खनालले सबैलाई अनुरोध गर्नु भएको थियो।

 



 

यु ए ई का सात ओटै प्रदेश बाट उपस्थित अर्घाखाँची बाशीहरु को चाहना अब हरेक स्टेटमा अर्घाखाँची संपर्क समितीका क्षेत्रहरु बिस्तार गर्ने निर्णय गरेको छ भने शुरुमा रास अल खैमा मा लगत्तै गर्ने निर्णय समेत गरेको छ। साथै सदस्यता बितरण गर्ने देखी लिएर राम्रो कार्य गर्नेलाई सम्मान र समाज प्रती अनाबश्यक हल्ला फैलाउने हरुलाई आबश्यक र उचित भएमा कारबाही समेत गर्ने निर्णय गरेको छ। संस्थाका अध्यक्ष राजु खडका को सभापत्तिवमा सम्पन्न भएको उक्त बैठक सचिब श्रीधर महत्राले सन्चालन गर्नु भएको थियो। उक्त बैठकमा संस्थाका उपाध्यक्ष रामप्रशाद अधिकारी, कोसाध्य्क्ष बिष्णु खनाल, सदस्यहरु कमल खनाल, कमल चौहान लगायत अर्घाखाँचीका साथीहरुको बाक्लो उपस्थित थियो।