उपप्रधानमन्त्री रायमाझी होटल उद्घाटन गर्न सन्धिखर्कमा, सरकारमा कांग्रेस, मधेसवादी दल सहभागी हुनुको विकल्प नभएको उल्लेख

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची ।  उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले यही सरकारमा नै कांग्रेस सहित मधेसवादी दल सहभागी हुनुको विकल्प नभएको बताएका छन् । 

 


 

उनले राष्ट्रिय सरकारको लागि गृहकार्य भैरहेको पनि बताए । राजसंस्थाको पक्षमा र संघीयताको विरोधमा रहेको कमल थापा र चित्रबहादुर केसी पनि सरकारमा सहभागी भए, रिपोर्टर्स क्लव अर्घाखाँचीको साक्षात्कारमा रायमाझीले भने, संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कांग्रेस बाहिर बस्नु हुँदैन ।



कांग्रेस र मधेसवादी दलका वरिष्ठ नेतासँग छलफल भैरहेको उनको दाबि थयो । संविधानलाई कार्यन्यवन बनाउनु छ, त्यसैले प्रतिपक्षमा कोही बस्नु हुँदैन, उनले भने,  सरकारमा बसेरै सबै मुद्दाको समाधान गर्नुको विकल्प छैन । सत्तासमीकरणमा कांग्रेसले राष्ट्रपति, एमालेले प्रधानमन्त्री र एमाओवादीले सभामुख लिने भद्र सहमती कांग्रेसले भंग गरेपनि अहिले सरकारमा आउनुको विकल्प नभएको उनको तर्क थियो ।

 


 

तराईको आन्दोलनकारी नेतासँग छलफल भैरहेकाले छिटै समाधान हुने दाबि गरे । भारतले नाकाबन्दीप्रति सरकारले गम्भिर रुपमा लिएको छ । भारतसँग सत्रुको जस्तो व्यवहार नभई कुटनीतिक तरिकाले समस्याको हल गर्न सरकार लागि परेको उनले बताए । भारतसँग झुक्न पनि नहुने उनले तर्क गरे । भारतले जसरी नाकाबन्दी गरेको छ त्यो अन्तर्राष्ट्रिय पारवाहन सम्झौता विपरित कार्य भएको बताए । 



एमाओवादी सचिव समेत रहेका रायमाझीले चीनबाट पेटोलियम पदार्थ ल्याउन चीनसँग सम्झौता गर्ने र नाका खोल्ने अन्तिम तयारीमा सरकार लागि परेको बताए । उनले बाबुराम भट्टराईले पाटी छाडेर ठुलो भुल गरेको भन्दै नयाँ शक्ति सफल नहुने दावी गरे । उनले मोहन वैद्य र नेत्रविक्रम चन्द विप्वलबीच पार्टी एकीकरण हुने तयारी भैरहेको खुलासा गरे ।



उपप्रधानमन्त्री रायमाझी एक होटलको उद्घाटन गर्न सन्धिखर्क आएका थिए ।