अडगुरी गाविसमा घरायसी खाद्यान्न उत्पादन सम्वन्धी तालिम सम्पन्न

घनश्याम पौडेल
अडगुरी, अर्घाखाँची ।  गर्भवती महिला तथा वालवालिककाहरुको पोषण सुधार ल्याउन घरायसी खाद्यान्न खाद्यान्न उत्पादन सम्वन्धी क्षमता अभिवृद्धि तालिम अर्घाखाँची जिल्ला अडगुरी गाविसका सबै वडाहरुमा सम्पन्न भएको छ । 
वर्षेभरी हरिया र पहेला रङ्गका तरकारी र फलफुल उब्जाऔ आफु खाऔ र वच्चालाई पनी खुवाऔ भन्ने उद्देश्यले तालीम सञ्चालन गरिएको थियो ।  
   
 सुनौला हजार दिनका आमाहरु ५९ जना, ग्रामिण नमुना कृषक ९ जना, महिला स्वास्थ्य स्वंयमसेविका १३ जनाले तालिम लिनुभएको लुम्विनी सामाजिक विकास केन्द्रका फिल्ड कोडिनेटर हेमन्त वस्नेतले बताउनुभएको छ ।
    
 उक्त तालिममा तालिम अधिकृत ज्योतीलाल पौडेल र लुम्विनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाईजर चिरञ्जीवी वेल्वासेले तालिम दिनुभएको थियो । 
  
 अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरिहेको छ ।