कुपोषण हटाउन अर्घाखाँचीका महिला स्वास्थ्य स्वयं सेबिका तथा सामाजिक परिचालक सक्रिय

घनश्याम पौडेल



ठुलापोखरा, अर्घाखाँची । अर्घाखाँचीका महिला  स्वास्थ्य स्वयं सेबिका तथा सामाजिक परिचालकहरुले जिल्लाको कुपोषण घटाउन पहल गर्ने बताएका छन । उनीहरुले पहिले देखिनै स्वास्थ्य र अन्य क्षेत्रमा काम गर्दै आएकोमा अब कुपोषणको दर हटाउन सक्रियताका साथ लाग्ने बताएका छन । 

 

 

 

अर्घाखाँची जिल्लाका केरुङगा, चिदिका, छत्रगञ्ज, बल्कोट, वाङला, अर्घातोष, भगवती, ठुलापोखरा, मरेङ, खनदह, गोखुङगामा सञ्चालन भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिममा सहभागी महिला स्वास्थ्य स्वयं सेबिका तथा सामाजिक परिचालकहरु तालिमका कृयाकलाप गर्दै ।

 

 

 

सबै भन्दा संबेदन सिल मानिने गर्भबती महिला र सुत्केरी महिलाको अबस्था सुदृढ गर्न र स्वस्थ र स्वच्छ समाजको निर्माण गर्ने नेपाल सरकारको लक्ष्यमा साथ दिन आफुहरुले कुनै कसुर बाकी नराख्ने महिला स्वस्थ्य स्वंयमसेबिका तथा सामाजिक परिचालकको  भनाई रहेको छ ।  

 

  

 

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सुआहारा कार्यक्रम अन्तर्गत  लुम्बिनी सामाजीक बिकास केन्द्रको सहजीकरणमा ५  दिन सम्म सञ्चालन भएको  तालिमका सहभागी  महिला स्वास्थ्य स्वयंमसेबिका तथा सामाजिक परिचालकहरुले आमा र बच्चाको स्वास्थ्य अबस्था सुदृढ गर्नका लागि आफुहरु अझ ससक्त रुपमा लागि पर्ने बताएका छन । 

 



 

जिल्लाको मातृ शिसु पोषणको सुधारकालागि सुनौला हजार दिनका गर्भबती महिला, बच्चा र तिनका परिबारको पोषणको अबस्था सुधारकालागि तालिमको सञ्चालन भएको  लुम्बिनी सामाजीक बिकास केन्द्रका कार्यकारी निर्देशक ईन्द्रमणि पौडेलले बताउनु भयो ।

 

यो तालिमका सहभागी महिला स्वास्थ्य स्वयंसेबिकाहरुले आफ्नो गाँउको आमा समुहमा गई गर्भबती तथा सुतकेरी महिलाहरुलाई आफुहरुले सिकेको ज्ञान दिनेछन । जसका कारण जिल्लाको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ  । 

 



 

नेपालको जनसांख्यीक सर्भेक्षण २०११ को तथ्यांक अनुसार शिसु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ४५ प्रतिसत  छ । शिसु जन्मेको एक दिन भित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिसत छ । शिसुलाई ६ महिना सम्म पुर्ण स्तनपान गराउनेको संख्या ७० प्रतिसत छ शिसुलाइ कहिले पनि स्तनपान नगराएको भने १ प्रतिसत छ । 

 

 

विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुधबाहेक अन्य खानेकुराहरू बच्चालाई खुवाउनु हुँदैन । स्तनपान गराउनाले बच्चामा शारीरिक तथा मानसिक बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्दत गर्दछ । त्यसैगरी बच्चालाई २ वर्षसम्म लगातार स्तनपान गराएमा बच्चा फूर्तिलो हुने साथै ६ महिनापछि खुवाइने थप खानाले गर्दा बच्चालाई सिकाईको लागि तयार पार्ने हुँदा बच्चाले सजिलोसँग पढ्न सक्ने हुन्छ ।