राजु खडका
अर्घाखाँची हाल यु ए ई
समय र परिस्थितीले पनि उही बिरालोले मुसो खेलाए जस्तो खेलाएको छ हामी नेपालीलाई। भुकम्पको चोट माथि संबिधान माथिको राजनीतिले नुन थपिदिदा घाऊ चर्किए जस्तै आज लाखौं नेपालीको मन थाम्न नसक्ने गरी रोएको छ। छिमेकीले पनि बहाना माथि चाहना नभएको भनी गरेको नाका बन्दीले आफुमा आत्मनिर्भर नभाका नेताहरुको सास नै रोकिए जस्तो भाको छ। मिठा मिठा कुराहरु मा नेपालका राजनीति खेलाडीहरु एक एक गर्दै चियामा चिनी घोलिए जस्तै मिसिदै गएका छन। हामी जनता मात्र रङशालाका दर्शक बनेका छौ बिहान वाह वाह साझ गाली दिदै हिंडेका छौ।
समय फेरियो, नयाँ नेपाल जन्मियो तर दु:खै दु:ख लिएर आयो। जनताले के पायो भन्ने अहिले सम्म फरक छुट्टाउन नसकेको अवस्थामा छ। प्रजातन्त्र आयो के पायो जनता ले? राजतन्त्र गयो के पायो जनताले? गणतन्त्रलाई स्वागत गरियो तर के पायो नेपालका हिमाली पहाडी तराई बाशी जनताले? नेपालमा जे आयो त्यो मात्र सत्तामा पुग्नेहरुको लागि मात्र आयो। नयाँ नेपालमा नयाँ सम्रचना त परै जाओस यहाँ त पुरानो पनि नयाँ पाउने आशामा नाशियो, आधा भत्कियो आधा भासियो। हड्डी घाटीमा अडकिए जस्तै निल्नु न थुक्नु भाको छ। अब त एस्को सरकार आयो नेपालले निकाश पाउछ भन्ने सपना देख्यो फेरी केही दिन मै यो सरकार कहिले जान्छ र अर्को आएर राम्रो हुन्छ भन्ने सधैं आशै आशामा गयो।
सधैं जनताले समाजमा परिवर्तन चाहेको हुन्छ एक आपसमा मेलमिलाब खोजेको हुन्छ र आधुनिक युग सँग दौडन सक्ने प्रबिधी सिक्न र प्रयोग गर्न खोजेको हुन्छ तर यो फोहोरो र कुर्ची मोह राजनीतिले न दाजु भाई मिल्न दिएको छ न त छर छिमेक। किन बुझ्दैन नेपालको राजनीतिले जब सम्म आफ्नो बगैचामा फलका बिर्क्षहरु रोपेर गोडमेल गरेर फललाग्न दिदैनौ तब सम्म अरुको बाटो नै हेर्नु पर्छ भन्ने। हरेक बिकासका पुर्भाधारहरुले सम्पन्न हाम्रो राष्ट्र किन खोज अनुसन्धान गरेर अघी बढन खोज्दैनन हाम्रा मित्रहरु। सधैं अरुले दिएको दानले भौतिक सुबिधा लिन खोज्दछन किन मेहनतको बाटो रोजेर मनको आनन्द लिन खोज्दैन? के थाहा उनिहरुलाई “जो आनन्द मनको खुशीमा हुन्छ त्यो आनन्द भौतिकमा हुँदैन भनेर”?
सरकारमा को छ? कस्ले कुन कुर्ची पायो भन्दा पनि जनतालाई के मा राहत पाएको छ, कस्तो शिक्षा हाशिल गरेको छ, आधुनिक प्रबिधी र समय सँग चल्न सक्ने भएका छन कि छैनन जनता भन्ने कुराले राष्ट्र कुन मोडमा छ भन्ने कुरा को ज्ञान दिन्छ। तसर्थ काठमान्डुमा बसेर हैन हिजो भोट् जसरी मागेका थियौ आज त्यसरी नै गाउका हरेक गोरेटोमा हिंडेर जनताको मर्म बुझ्नु अनी मात्र बर्तमान नेपालको एथार्थ थाहा हुन्छ।
नयाँ नेपाल र १ सयको आसपासमा रहेका नेपालका राजनीति दलहरुले दिएको उपहार खाडीमा काम गर्ने ३० लाख को सेरोफेरो बाट मेला पर्व मनाउन स्वदेश फर्कदा धेरै एसपाली प्रत्यक्ष भोगे। जनतन पसिनालाई बिसाउन छुट्टी मिलाएर करिब १ लाखको सेरोफेरोमा हवाई टिकट लिएर एउटा लाहुरे बिदेशबाट नेपाल लाग्छ। दुर्भाग्य मौसमले साथ नदिदा जहाज अबतरण हुन नसकी भारतको लखनउ मा फर्किएर बस्दछ तब सम्म २ दिनसम्म लाईन मा बसेर आफन्तले लिएको टिकट जहाज त्यहा बाट उडने समय गृह जिल्ला लाग्दछ। मुस्किलले जहाज बिमानस्थाल पुग्यो सबै भन्दा पहिला आगमनको फारम भर्नु पर्ने रे त्यो कहिल्यै पनि मैले छाप लगाउने महासय हेरेको जानेको छैन तर त्यो नभरी जान नै नदिने अचम्म छ। अर्थको हिसाबले फाराम उपयोगी होला तर व्यबहारको हिसाबले खै त्यस्तो लाग्दिन। त्यहा बाट निस्कियो जनतन झोला कहाँ आयो भन्ने अब खोज्न फसाद।
अस्त ब्यस्त! लगेज माथि नै खुट्टा राखेर खोज्नु पर्ने। कसैले भन्छ ३ दिन भो आको छैन रे कसैले हराए जस्तो छ भन्छ। बर्ष भरी काम गरी नानु बाबु छिमेकलाई सम्झेर राखेर मिठाई पनि आफु सँगइ लैजान नपाउने चिन्ताले मन ढुकढुक हुन्छ। १,२ घण्टा यताउता गरे पछी अन्तिममा झोला त अर्को पेलेन मा आउने रे भनेर भन्छ। अब उस्को के जान्छ र भनीहाल्यो चुप्प लाग्नु बाहेको बिकल्प छैन। त्यतिकैमा घर बाट फोन आउछ बाबा आउनु भो भनेर। म त आए नानु मिठाइ को झोला नै आएन भन्ने उत्तर हुन्छ अनी बच्चा झोला लिएर आउनु है बाबा भनेर पछी मन त रोएको हुन्छ तर आशु कसैले देख्दिन।
निरास हुँदै बाहिर निस्कियो त्यहा हुन्छ नयाँ नेपाल को नयाँ संबिधानको असर। आधा घण्टामा हिंडेर पुग्ने ठाउँको लागि ट्याक्सीमा जाने हो भने सिधै २५ सय। बिदेस बाट चोरेर नेपाल आए जस्तो गराउछन। अझ अन्तिममा एसो डलर भए हामी पनि राखौ न १,२ डलर कस्तो हुदो हो भन्दा रिसले दिमाग तातेको हुन्छ तर पनि मौन किनकी हामी नेपाली।
अर्को दिन फेरी पेट्रोल जस्तै सुनको ईन्धन प्रयोग भएको सबारीमा धुवा उडाउदै एअरपोर्ट आयो। झोला कुनामा अस्त ब्यस्त अवस्थामा हुन्छ। आफ्नो हो भन्ने पनि चिन्न गार्हो। हैन एस्तो के हो भनेर कम्पेलेन गरौ भनेको फारम भर्नु भन्छन। छुट्टी भरी त्यही घुम्नु पर्ने डरले अमिलो मन बनाउदै बस पार्क त्यही सुनको ईन्धन प्रयोग गरेको धुवा उडाउने सबारीमा। पुगियो बस पार्क टिकट त लिएको आफन्तले तर छतको पो परेछ। नयाँ नेपाल नयाँ चलन छतमा टिकट कारण ईन्धनको अभाब, तराइ आन्दोलन। के साच्चै छैन र ईन्धन? बल्याकमा पाउछ डबल पैसा तिरेर भन्ने उत्तर। हैन पाईन्छ भने किन बल्याकमा मात्र? आँफैमा प्रश्न।
चिसो सेठ, तुसारो अनी त्रिशुलीको बाटो अझ मोडहरुमा समुन्द्र माथि प्यासुट उडायर झर्दै छु जस्तो पो लाग्दछ। काठमान्डौ देखी धादिङ हुँदै जब यात्रा हुन्छ यत्रतत्र कतै तिर्पाल त कतै टिनका छाना मुनी खेलिरहेको केटाकेटीहरु लाई देख्दा हिजो नेपाल बन्ने जती सहयोग घोषणा भएको रकम कहाँ गए होला भनेर नसोच्ने को होला र? त्यो त सब भन्ने कुरा न हो भन्ने को फेरी सम्झना आउँदछ।
मुस्किलले पुगियो जिल्ला ३ दिन भयो हिंडेको पनि। अब घर सम्म बाटो छ तर जाने कसरी? गाडी खोजौ भनेको तेल जती सबै काठमान्डुमा लगेको छ अली अली आको लुकाएर राखे जस्तो छ। फेरी उही पुरानो याद आयो एक जना दाजुलाई नाङ्लोले झोला बोकाएर हिडियो मात्र रेडियो हातमा झुन्डाउन बाँकी हो नत्र उही पुराना लाहुरे आउँदा जस्तो हुने थियो। गाउ पुग्दा त्यो माटोमा बासना, हामी खेलेको चौतारी आहा! घरको आगनमा पुग्दा आमालाई भन्ने मन लाग्यो