ढिकुरा नमुना युवा परिसद्ले स्थापना लगत्तै गर्‍यो सामाजिक कार्य

भुवन के.सी 
सन्धिखर्क, अर्घाखाँची । समाजमा केही गरौ भन्ने उधेस्य लियर युवाहरुको पहलमा अर्घाखाँची जिल्लाको ढिकुरा स्थित ढिकुरा नमुना युवा परिसदको स्थापना भएको छ । सस्थाले स्थापना भएको केही दिन मै महत्वपुर्ण सामाजिक कार्य समेत सम्पन्न गरेको छ ।
युवाहरुलाई एकताबद्ध पार्दै समाज सुधारका कार्य गर्न, बिकृती बिसङती अन्त्य गर्न, राम्रो कामको प्रोत्साहन र खराब कामलाई निरुत्साहित गर्न युवाहरुलाई सामाजिक कार्यमा लगाई समाजलाई सम्बृद बनाउने उदेश्य अनुरुप ढिकुराका युवाहरुको पहलमा सामाजिक सस्था ढिकुरा नमुना युवा परिसदको स्थापना गरिएको छ । अध्यक्ष श्री राममणी भट्टराईको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिती गठन भएको छ ।
गत सनिबार सस्थाको पहिलो एतिहासिक बैठक बसेर यश क्षेत्रको सुधार र बिकासमा युवाहरुको एकताको खाचोको बारेमा व्यापक निर्णय गर्दै यो सस्थालाई राजनिती मुक्त र समाजसेवामा समर्पित सस्थाको रूपमा अघि बडाउने लगायतका आचार सम्हिता, आउदो तिहारमा सस्थाको कोष स्थापनार्थ व्यापक देउसी भैलो खेल्ने, र सामाजिक ठोस कामको रुपमा ढिकुरा १ को अत्यावश्यक रुपमा रहेको ढोडेखोला देखि गाबिस भवन र बाझापोखरा देखि गबदे सम्मको पैदल मार्गलाई सबै युवाहरु तथा स्थानियको सहयोग लिदै श्रमदान स्वरुप सुधार तथा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो, जस अनुसार हिजो सम्म ती पैदल मार्गलाई सुधार गर्ने काम पूरा गरिएको छ ।
 स्मरण होस यो मार्ग ठिक नहुदा मरेका मान्छेको शव घाट सम्म ल्याउदा, केटाकेटी तथा बृद्धहरु आवत जावत गर्न, गाई बस्तु हिंडाउन र स्वयं स्थानिय बासिन्दाहरुलाई पनि आवत जावत गर्न निकै अप्ठ्यारो परेको थियो, सो कुरा स्थानिय 65 बर्सिय दोर्न प्र. भट्टराईले परिसदको कामलाई प्रसम्सा गर्दै बताउनु भयो ।
परिसदको आव्हानमा भएको यो कामबाट स्थानियहरु हर्सित छ्न, पटक पटक गाबिस बाट बजेट छुट्टाएता पनि तेस्को प्रभाव नदेखिएको तर युवाहरुले गरेर देखाएको स्थानिय चिन्ता ब खत्री बताउछ्न, यो कार्यको लागि परिसदले लगभग ३०-४० जना युवहरुलाई स्थानिय हातहतियार सहित काममा खटाएको थियो । 
सस्थाको तदर्थ समितीमा अध्यक्ष राममनी भट्टराई, बरिस्ठ उपाध्यक्ष बल ब केसि, प्रथम उपाध्यक्ष गिरि प्र चुदाली, द्रुतिय उपाध्यक्ष सृजना घिमिरे, सचिब भुवन केसि, सहसचिव लक्ष्मण घिमिरे, कोसाध्यक्ष्य दिपक चुदाली, सहकोसाध्यक्ष शारदा भट्टराई, प्रमुक सचेतक गिरि प्र पोख्रेल, सचेतक मदन चुदाली र सदस्यहरु गरि १९ सदस्यीय तदर्त समिती गठन गरिएको छ ।  समाज हामिले नै हाम्रै पालामा निर्माण गर्ने हो भन्दै बिना राजनितिक भेदभाव युवाहरु एकजुट भएका छ्न । आगामी कार्ययोजनामा शैक्षिक क्षेत्र, गाबिसबाट हुने बिकास निर्माणका कामलाई चुस्त दुरुस्त पार्न तथा समाजमा हुने बिकृती बिसङती बिरुद्ध एकता बद्ध भइ अभियान बनाएर अघि बढिने यो सस्थाका मुख्य परिकल्पनाकार  अध्यक्ष राममणी भट्टराईले बताउनु भयो ।
आफू जन्मेको समाजको लागि आफ्नो जिम्मेवारी स्वरुप केही गरौ भन्ने मनासायले आफुहरुले यो भिजन अघि सारेको र यो नितान्त सामाजिक सस्था भएकोले यसमा सबै राजनैतिक दल, ठूला साना धनी गरिब सबैले साथ दिनु पर्ने र सबैको आवाज एउतै भएमा समाजको लागि धेरै राम्रो काम गर्न सकिने कतारमा रहेर विभिन्न सस्थामा आवद्ध भै सामज सेवामा सकृय युवा समाज सेवि तथा परिसदका सचिब भुवन केसि बताउनुहुन्छ ।
सस्थाले सुरु गरेको देउसी भैलो र अन्य कार्यक्रमलाई सहयोग गरिदिनु हुन समेत सस्थाले सबैलाई अनुरोध गरेको छ ।