मैदानको दुर्गाटोलमा भव्य र सभ्य तवरले युवा कल्वको चार दिने तिहार देउसी भैलोकार्यक्रम सम्पन्न

LIVE: मैदान भैली कार्यक्रमलाई अर्घाखाँची डटकमवाट प्रतक्ष्य प्रसारण !

डिल्लीराज घिमिरे
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पुर्व दक्षिण भागमा अवस्थित मैदान गावीसमा रहेको दुर्वाटोल दुर्वासेसोर युवा कल्वको चार दिने तिहार देउसी भैलो कार्यक्रम भाई टिकाको दुईदिन पछी दुर्गाटोल मन्चमा भव्य र सभ्य तवरले कार्यक्रम सम्पन्न भएको छ ।

अन्तिम दिनको औपचारिक कार्यक्रमको अध्यक्षता कलवका अध्यक्ष लीलापती घिमिरे, सदस्य कृष्ण अधिकारीको संचालन र स्थानिय वासीको सहकार्यमा भव्य रुपमा चलेको थियो ।

भैली कार्यक्रमलाई अर्घाखाँची डटकमवाट प्रतक्ष्य प्रसारण अर्घाखाँची डटकम क्राइम व्युरो डिल्लीराज घिमिरेको टोलावाट भएको थियो ।

मध्याह्न देखी सुरु भएको कार्यक्रम साँझ सम्म निरन्तर चलेको थियो । विगत केहीवर्षदेखी निरन्तर समाजसेवामा समर्पित यो कल्वको विभिन्न स्थानमा भौतिक संरचना समेत वनाउदै आएको छ ।

कार्यक्रमको अन्तिममा  उत्कृष्ट नृत्य,वाद्यवाजन र अनुशासनको विधामा पुरस्कार वितरण गरेको छ साथै कल्वले अविस्मरणीय बाँसुरीवादन, नृत्य र पत्रकारिताको महत्वपूर्ण कार्य गरेको भन्दै पत्रकार डिल्लीराज घिमिरेलाई विशेष सम्मान गरेको छ ।

अन्य समाचारहरु