बादरको आतङकबाट ठूलापोखराका किसान चिन्तित

घनश्याम पौडेल
ठूलापोखरा , अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठूलापोखरा गाविसमा जंगली जनावर बादरले आतङक मच्चाएको छ ।  
स्थानियले लगाएको अन्नबाली बादरले सखाप पार्न थालेपछि स्थानिय बासिन्दाहरु चिन्तित हुन थालेका हुन् । ठूलापोखरा गाविसका सबै वडामा बादरको आतंकले किसानहरु मर्कामा परेका छन । 
बादरले स्थानियले लगायको गहुँ, कोदो, आलु, तरकारी तथा फलफुल बाली सखाप पारेको ठूलापोखरा बासी गोविन्द प्रसाद भट्टराईले वताउनुभएको छ । 
बादरले आतङ्क मच्याउन थालेपछी घरका छानो च्यात्ने, महिला तथा बालवालिकाहरुलाई  आर्कमण गर्ने, घरमा सञ्चय गरेर राखेको समान नाश गर्ने गरेको भट्टराईको भनाई रहेको छ ।