नाइजेरियामा भएको शृङ्खलाबद्ध बम बिस्फोटमा कम्तीमा पनि ३० जना मारिएका छन् ।
योला शहरमा भएका श्रृङ्खलाबद्ध बिस्फोटमा अन्य थुप्रै घाईते भएका छन् । ब्यस्त बजारमा भएको बिस्फोटमा थुप्रै पसलमा क्षति हुनुका साथै कयौं सवारीसाधन नष्ट भएका छन् ।
आतंकवादी समूह बोको हरामले बिस्फोट गराएको दाबी नाइजेरियाली सरकारले गरेपनि बोको हरामले त्यसको जिम्मेवारी लिएको छैन ।
नाइजेरियामा सक्रिय बोको हरामले छुट्टै राज्यको माग गर्दै आएको संघर्षका कारण सयौं मारिएका छन् । (एजेन्सी)