प्रेमनारायण आचार्य
नरपानी, अर्घाखाँची । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत नरपानीको घुम्तीमा निर्माण भएको सार्वजनिक शौचालय आज स्थानीय समुदायमा हस्तान्तरण गरिएको छ ।
जिल्ला बिकास समिति अर्घाखाँचीले निर्माण गरेको सौचालय आज विश्व चर्पी दिबसको अबसरमा घुम्तीमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय बासिन्दालाई चर्पी सञ्चालनको लागि स्वामीत्व हस्तान्तरण गर्नु भएको हो ।
पोषण सुधारका लागी चर्पी भन्ने नाराका साथ मनाइएको कार्यक्रममा मन्तब्य राख्दै प्रजिअ पौडेलले सरसफाई ईज्यत र प्रतीष्ठाको बिषय बनेको बताउदै सार्बजनीक सौचालयको सञ्चालन राम्रो संग गर्न पनि स्थानीयलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला खानेपानी कार्यलयका डिभिजन प्रमुख सुरत कुमार बम जिल्ला बिकास समिति अर्घाखाँचीका निमित्त स्थानीय बिकास अधिकारी हरिस्चन्द्र भुसाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सौचालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण बहादुर कुवरको अध्यक्षता र जिल्ला बिकास समितिका शेषकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।