छिमेकी छ लुच्चो (गज़ल)

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क 
छिमेकी छ लुच्चो दियो लात धेरै
सधैँ गर्न थाल्यो खुराफात धेरै ll
छुरी तीक्ष्ण धस्दा दुख्यो भित्र हाम्रो
मिलेको छ धोका तथा घात धेरै ll
लगी स्रोत सारा भयो ऊ उज्यालो  
खपी याँ अँध्यारो बिते रात धेरै ll
चुँडाल्यो सदीऔं पुरानो मितेरी 
भयो वैर ऐले गर्यो बात धेरै  ll
नराखौँ भरोषा छ त्यो धुन्धुकारी 
छिटै मिल्छ खोजे सफा हात धेरै ll
सबैले बुझ्यौँ दुष्ट को हो र कस्तो  
न चित्तै छ ठूलो न औकात धेरै  ll