अमेरिकाको मध्यपश्चिम क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । बरफयुक्त आँधीका कारण भएको हिमपातले यातायात सेवा र जनजीवन प्रभावित भएको छ ।
साउथ डेकोटादेखि विस्कन्सिन प्रान्तसम्म करिब १६ इन्च अग्लो हिउँ जमेको खबर छ । हिमपातका कारण हवाईलगायतका सेवा प्रभावित बनेको छ ।
शनिवार विहानसम्म पाँच सयभन्दा बढी उडान रद्द गरिएको छ ।
शिकागो विमानस्थल बढी प्रभावित बनेको छ । हिमपातकै कारण अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरुका कार्यक्रमसमेत रोकिएको खबर छ । (एजेन्सी)