उत्तरी म्यानमारमा पहिरोमा परी ५० जनाको मृत्यु

 उत्तरी म्यानमारमा पहिरोमा परी ५० जनाको मृत्यु भएको छ । कचीन राज्यसिथत जेड खानी क्षेत्रमा भएको घटनामा दर्जनौं व्यक्ति वेपत्ता रहेका छन् ।
धेरैजसो ब्यक्ति खानी क्षेत्रबाट मिल्काइएको फोहोरले पुरिएर मृत्यु भएको बताइएको छ । मारिनेहरुमा पनि फोहोर संकलनमा गएकाहरु रहेको बताइएको छ ।
उनीहरु उक्त फोहोरमा फालिएको जेड खोज्ने गर्दथे । म्यानमारको यस क्षेत्रबाट संसारमै सबैभन्दा राम्रो जेड उत्पादन हुने गर्दछ र यस्ता दुर्घटना पनि बारम्बार हुने गरेको छ । (एजेन्सी)