डिआरजी सुमन
संक्रमणकालको अन्य गरी विश्व सर्वहारावर्गको संगठन भनेर नामांकित कम्युनिस्ट नेता नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा झापा काण्डका नायक खड्क प्रसाद ओलीको सरकार एक महिनामै असफल देखिएको छ । १०० दिनदेखी भईरहेको मधेसी आन्दोलन भारतीय विस्तारवादको चरम सोसणमा भएको नाकावन्दी मुलुकभर ईन्धनको समस्याको समाधान संविधानको पालना प्रणालीमा भन्दा पनी सरकार गठन उप प्रधानमंत्रीको लाम लस्कर लगाउदैमा व्यास्त प्रधानमंत्री ओलीको सरकार निकै फोहोर भएको छ । नेपाल जस्तो भूपरिवेष्ठित र सार्वभौमसत्ता भएको मुलुकमा एकात्मक सर्वसत्तावाद वा तानासाही सरकारले मात्र साथीत्व पाउने विश्लेषण गर्न थालिएको छ । हिजोको दिनमा राण वाँ राजाको एकतन्त्रीय शासनप्रणाली केही मुट्ठीभरका मुलुकलाई संकटमा पार्ने योजनामा पल्किएका विदेशी दलाललाई केही असहज भएकै कारण बिभिन्न वहानामा जनतालाई सडकमा लगेर प्रदर्शन गराएर आज यस्ता ठेकेदारले मुलुक ज़िम्मा लिईरहदा आज नेपाली जनताले सास्ती व्योहर्न परेको छ । जहाँ परिवर्तनको नाममा मानवीय संकट उत्पादन गरीन्छ जहाँ जनअधिकारको नाममा उच्च पदस्थ सुरक्षाकर्मी र नावालकलाई विभर्त्स हत्या गरीन्छ जहाँ संचारकर्मीलाई यीनै दलालनुकुल प्रयोग गरी सत्यता र यथार्थता जनतासामु पुर्याउनुमा प्रतिवन्धित गरिन्छ जहाँ रातरात मानव तस्करगरीन्छ कालो वजारी र मनपरी तन्त्र लादिदै गरिने नेपालमा ल्याईएको यस प्रकारको गणतन्त्र र प्रजातन्त्र पूर्णरुपमा असफल मात्र हैन मुलुकमा तुरन्त तानाशाही एकतन्त्रीय शासन नै यस संक्रमणकालको दिगो निकास दिन सक्ने आधार महसुस गरिएको छ ।
आज सर्वहारावादी नेतृत्वकर्ता अरवौको महलमा करोडौको सवारीसाधनमा ऐस आराम गरी झुटा भाषणमा लिप्त रहीलहदा यता मुलुकको गरिव दुखी जनता साँझ बिहान छाकटार्न र खुला आकासवाट टाउको वचाउन नसक्दा ज्युनु न मर्नुको दोसाँथमा छन । इतिहास नै तोडेर गिनीज़ वुकमा नाम लेखाउने होड्मा जैविक र अजैविक फोहोर एकै साथमा राख्न आत्तुर वर्तमान प्रधानमंत्री आख़िर एकतन्त्रीय राजाको मुख्य पात्र कमल थापा र जसले कहिले संघीयता चाहेन त्यो चित्र वहादुर केही सवैलाई काम विनाको मन्त्रालय दिई मुलुकको वेईजेत गर्न यो सरकार लागी पर्यो । कहि नभएको जात्रा हाँड़ी गाँउमा भनेझै मुलुकमा २०७२ वैशाख १२ को भूकम्पले भत्किएका लाखौ वस्ती संकटमा छन यसलाई कुनै चाँसो दिईएको छैन यसो भाषणमा कहिलेकाही विउताउन खोजिन्छ तर व्यावहारिक रुपमा लागु गर्न सवै नै असफल रहे । आज नेपाली जनता र यस्ता भंग्न संरचना वनाउन संकलन भएको रक़म समवन्धित स्थानमा राख्नुको सट्टा काम न काजका आधा दर्जन उप प्रधानमंत्री वनाएर मुलुकको सम्पत्ति सखाप पारिदै छ । आजका प्रधानमंत्रीले हिजो विभिन्न दललाई यो गरेन र त्यो गरेन भनेर कुर्लने वोलीमा आज किन आफु नै असफल रहे त ?
वर्तमान परिवेशमा मुलुक विदेशीवाट जसरी हेपीएको छ त्यो हाम्रै देशका दलालको मुल कारणवाटै हो । मुलुकमा जातीयतावादको मुद्दा उठाएर जनताको रगतमा रमाउन पल्किएका नाममात्रका कम्युनिस्ट कै कारण आज तराई मधेस जलेको छ । साम दाम दण्ड भेद व्यावहारिक रुपमा लागु गर्ने तत्कालिक माओवादी गठवन्धन आज किन टुक्रा टुक्रा भयो त ? आज बृहत नेपालको सपना वाडेर सत्र हज़ार नेपालीको रगतमा होली खेलेका प्रचण्ड आज आफ्नै तराई वचाउनमा किन असफल वन्दै छन आख़िर मुलुकको मुख्य अंग व्यावस्थापिका र उपराष्ट्रपति उनैको सेनावाट नै नेतृत्व भईरहेको छ । यहाँ गंभीर प्रश्न उठ्न सक्छ आखिर हिजो जंगलमा वसेर आदेश दिन र आज काठमाण्डौमा वसेर आदेश दिनमा कती कठिन रहेछ ? यदी प्रचण्ड सर्वहारावादी नै थिएभने आजपनी उनी सामान्य वस्तीमा वसेर हिजो कै आदेश दिन सक्षम हुने थिए तर यो आज उनवाट संभव छैन किनकी हिजोका दिनमा गरिव दुखी जनता मारेर अर्जित उनीसँग आलीशान महल र अरवौको सम्पत्ति वचाउने ज़िम्मा आएको छ । आज प्रचण्ड कै यस्तै अथाह सम्पत्ति देखेको आधारमा छोटेराजा वन्ने होड्मा २०५२ मा एकै संगठनमा काम गरेका उनैको सहयात्री केहीले आज मधेश वेच्न लागी परेका छन,कोही आज फुक्ला भाषणमा अडिएका छन वैद्य वा झारफुकमै फुटाउने र जुटाउने खेलमा व्यास्त छन । सवैले भरोसा गरेको विज्ञ डा.भट्टराई भने आफै सभापती रहेर वनाएको संविधान मुलुकको लागी ठिकछैन भनेर कहिले मधेशी दलाल त कहिले नागरिक अगुवाहरुको रुपमा सडक दौडाहामा छन ।
यता संघीयता चाहीदैन भनेर हिड्ने राजमो नेता केसी संघीयताकै पक्षधर सरकारमा भोज र मौज गर्न उप प्रधानमंत्री वन्न गए यसवाट थाहा हुन्छ मन्त्री नपाउदै गर्दा संघीयता चाहीदैन मन्त्री पाएपछी त ठिकै त छ । सदैव धर्म निरपेक्षताको कट्टर पक्षधर पंचायती नाईके राजा ज्ञानेन्द्रको मुलपात्र कमल थापालाई पनी कम्युनिस्टले कसरी ख़रीद गर्यो यो विषय पनी निकै संकास्पद छ । आज मुलुकमा गठित सरकारले एउटा कुरा स्पस्ट देखाएको छ कि इतिहासमा नसोचेको माओवादी र जनमोर्चा,माओवादी र राप्रपाको मिलनले कुनैपनी नेतालाई कुर्सी भन्दा ठुलो मुलुक हैन ।
हामी नेपाली जनता फलानो पार्टी राम्रो र हाम्रो भन्दै सडकमा आई भाषण ठोक्न र यिनैका झोला वोल्दै गणतन्त्र र प्रजातन्त्रका नारा लगाउन भन्दा दैनिक आफ्नै कुटो कोदालो गरी ज्युनु नै सर्वोत्तम हुन्छ । आज मुलुकमा गणतन्त्रात्मक व्यावस्था भईरहदा के नै भयो र सुरक्षा कर्मी मारिएकै छन वास्तविक घटनालाई समाचारमा लेखेको भरमा पत्रकारले कुटपीट धम्कि र हत्याको पिडा सहनै परेकै छ । जनता भोकैनागै वस्न पर्ने वाध्यतात्मक परिस्थिति आएकै छ मुलुकभर कालो वजारी मानव तस्कर गरीएको छ जसको शक्ती उसैलाई मस्ती भएकै छ वेरोजगार समस्या दैनिक वृद्धी भएकै छ दक्ष जनशक्ति विदेश पलायन गराईएको छ राज्य संचालनका प्रशासनिक निकायमा मनपरी कर्मचारी तन्त्र हाँवी नै छ , राम्रो कामको आधारमा हैन हाम्रो नामको नियुक्ती वढेकै छ तसर्थ मुलुकमा अव यावत समस्याको समाधानको सर्वश्रेष्ठ पाटो हुन सक्छ अन्यथा मुलुकमा यस प्रकारका ठेकेदारको आडमा अवसरवादी शासन व्यावस्था हाँवी रहन्छ तव सम्म कुनैपनी प्रजातन्त्र वाँ गणतन्त्रका नामका आउने कुनैपनी शक्ती अवसरवादी चरित्रका पात्र हुनेछन भने मुलुक निकट समयमै अलग अलग नामका देश वन्ने वा छिमेकी मुलुकको नाममा गाभिनेमा दुईमत छदैछैन ।
लेखक : अन्याय र असमानताको विरुद्ध समाज राष्ट्र र राष्ट्रीयताको सवालमा पृथक विचारधाराको परिचय
पिएसएम एण्ड अर्घाखाँची डटकम क्राइम व्युरो डिआरजी सुमन हो ।