अर्जेन्टिनामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा कन्जर्भेटिभ पार्टीका नेता माउरिसियो माकरी विजयी

अर्जेन्टिनामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा कन्जर्भेटिभ पार्टीका नेता माउरिसियो माकरी विजयी भएका छन् ।
सत्तारुढ पेरोनोइस्ट पार्टीका नेता ड्यानियल सिओलीले आफ्नो हार स्वीकारेका छन् । हजारौं समर्थक माझ खुशी साट्दै माकरीले अब परिवर्तनको समय आएको बताए । उनले आर्थिक सुधारलाई पहिलो प्राथमितामा राखेको बताए ।
अर्जेन्टिनामा विपक्षी मध्य दक्षिणपन्थीको जितले पेरोनोइस्ट पार्टीको १२ वर्षे शासन अन्त्य भएको छ ।
राजधानी ब्युनर्स आयर्सका मेयर रहेका माकरी पहिलो चरणको निर्वाचनमा भने ब्यूनर्स आयर्स प्रान्तको गभर्नर रहेका सिओलीसँग पराजित भएका थिए ।
अर्जेन्टिनाका धनाढ्यका छोरा माकरी राजनीतिमा प्रवेश गर्नुअघि लामो समय व्यापारिक कारोवारमा संलग्न थिए । (एजेन्सी)