राजु खडका
अर्घाखाँची, हाल यु ए ई
ज्ञानको ज्योति बालेर गयौ, शान्तीको सन्देश छरेर गयौ बुद्द!
कुर्ची को मोहले देशमा आज बर्सियो बम गोला चर्कियो युद्द !!
सडक टोलहरुमा कती बेला के कहाँ बाट बर्षने हो सोच्न पनि नसकिने अवस्थामा कसरी शान्तीको देश, गौतम बुद्द को देश भनेर घमण्ड गर्ने हो खै अब। कुर्ची र सत्ताको मोहमा परेकाहरुले आफन्तलाई रगाताम्य पार्दा खै कसरी सुन्दर शान्त चार बर्ण अनी छत्तिस जातको सुन्दर देश हो भनेर खै कसरी घमण्ड गर्ने हो। वीर गोर्खाली भनी हिजो अग्रेजहरु लाई नेपालको सिमा भित्र छिर्न दिएनौ आज छिमेकीले भित्रै पसेर प्रहार गर्दै छ खै कसरी वीर भनेर गफ लगाउने हो।
अस्तित्व बिस्तारै बिलिन हुँदैन छ, धार्मिक स्थलहरु कतै भुकम्पले नास्यो त कतै त्यसैमा पनि राजनीति घुस्यो। यहाँ अरुको भबिस्य हेरेर आफ्नो बर्तमानमा हातमुख जोर्नेहरुको शान्तना बाहेक अरु केही रहेन। एसरी चर्कियो देश भित्र युद्द यहाँ को आफ्नो को पराई भनेर छुटाउन नसकिने अवस्था आयो। नयाँ नेपाल भनियो लगभग पुरानो सबै सकेर यहाँ, नयाँ शक्ती भनिदै छ फेरी अर्को युद्द को तयारी हुँदैछ। कस्को लागि कस्ले युद्द गरिरहेको छ त्यो न त नेत्रित्वमा बस्नेले बुझेको छ न त त्यसलाई समर्पण गरेर हिडने कार्यक्रताले नै। सबै हुँदा पनि जनताहरु एसरी आकुल ब्याकुल भएका छन कि कहिले जङ बहादुरको याद गर्दै छन भने कहिले बुद्दलाई सम्झदै छन, कसैले फेरी टुक्रिन लागेको नेपाल जोडन प्रिथिबी नारायण शाहलाई सम्झेका छन त कसैले पशुपती नाथको पार्थना गरेर बसेका छन।
जती जती तराई आन्दोलन चर्कदै गरेको छ मलाई दिनानु दिन गौतम बुद्द को याद बढदै गएको छ किनकी हामीमा समझदारी र ज्ञानको कमी निकै कम हुँदै गएको छ। हामी नबुझेर युद्दमा झोसिएका छैनौ मात्र बुझ्न नखोजेर मात्र हो, हामी नजानेर अरुको लहलहैमा लागेका छैनौ जान्न नखोजेर हो। त्यो सडकमा दौडिरहेको ढेड बर्षको बिरामी बालकले के नै बिगारएको थियो र? फेरी पनि हामी उसै माथि अत्याचार गर्न पछी परेका छैनौ। त्यो सडक, त्यो पुल जस्लाई निर्माण अहिले सरकारले सोच्न पनि सक्दैन फेरी बन्दैन भन्दा भन्दै पनि किन हामी तोडन रोकिएका छैनौ।
हे बुद्द! तिम्रा ति शान्तीका सन्देशहरु एक पटक तराईमा रहेका तराई बाशी, मदेशमा रहेका मदेश बाशीलाई सुनाउ। एक पटक पद को लोभमा सिंहदरबार घुसेकाहरु लाई सुनाउ अनी नबिर्सिकन नेपाल आमालाई टुक्राउन खोज्ने ति नेताहरु लाई सुनाउ र भन एदी नेपाल नै नरहे तिमी कसरी नेपाली रहन्छौ भनी सम्झाउ। खुल्ला सडकमा लाखौंको जीवनलाई उपचारको समान बोकेर गूडिरहेको गाडी माथि पेट्रोल बम फाल्नु कहाँ बहादुरी हो र? घरको आगनमा मंसिरको महिना धान घर भित्राउन लागेका किसानहरुको घर जलाउनु लाई कुन बहादुर भनी पुरस्कार राखिएको छ र ? दिन भर काम गरेर थकाईको एक पल बिताउने रातीको समयमा आन्दोलन गरी एक अर्कामा भाला रोप्नु कुन मानबता को धर्मले दिन्छ र ? यो सबै ज्ञान को कमी हो, चेतना को कमिले दोहोरिएको युद्द हो तसर्थ मैले विश्वभर शान्तीको सन्देश बोकेर मानब बाट भगवान बनेको नेपालमा जन्मेर नेपाली को छातीलाई उच्च राख्न सघाउने गौतम बुद्दलाई पटक पटक अनुरोध गर्दछु आउ नेपाल र नेपाली लाई जोगाउ।
हे ज्ञान र शान्तीका धनी गौतम बुद्द यि मन्त्रालयमा घुसेर तराई आन्दोलनमा साथ दिने हरु लाई एक पटक त्य्हा पुगी सन्चो बिसन्चो सोध्न लगाउ अनी तराई, मदेश बाट काम धाम छोडेर नाका बन्द गर्न सघाउनेहरु खान नदिए पनि बाँच्न त दिउ भनेर सन्देश दिउ। हे बुद्द अब तिम्रो भर छ जब सम्म तिमी सन्देश बोकेर तराई देखी मन्त्रालय सम्म पुग्दैनौ तब सम्म नेपालमा शान्ती चाउने छैन, जाउ बुद्द यो सन्देश बोकेर जाउ।
यो बगैचा जस्तो देश भित्र रगत र आगो को मुस्लो म सहन सक्दिन र देख्न पनि सक्दिन। राक्षसले जस्तो दार्हा बनाई बसेको छिमेको सम्मपनि पुगेर आउ अती गर्नु हुँदैन अती गरे खती हुन्छ भन्ने खबर पुर्याएर आउ। कहाँ छ हे गौतम बुद्द आउ अनी शान्ती र ज्ञानको बोकेर फेरीलुम्बिनी देखी तराई, मदेश, मन्त्रालय हुँदै बिहारको बाटो दिल्ली सम्म पुगिदेउ।