भारतको संसदमा विहीबार धर्मनिरपेक्षताबारे व्यापक विवाद भएको छ ।
संसदको शीतकालीन सत्रमा बोल्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले धर्मनिरपेक्ष शब्दको सबैभन्दा बढी दुरुपयोग भएको र यसलाई बन्द गर्नुपर्ने बताए ।
उनले अंग्रेजी शब्द सेक्युलर को औपचारिक अनुवाद धर्मनिरपेक्ष नभइ पंथरिपेक्ष भएको जिकिर गरे ।
संविधानप्रति प्रतिबद्धता जनाउनका लागि भएको दुईदिने बैठकको पहिलो दिन भारतीय गृहमन्त्री सिंहले संविधानको सम्बन्धमा विशेष चर्चा सुरु गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
उनले संविधानको ४२औं संशोधनपछि संविधानको प्रस्तावनामा सेक्युलर र