अमेरिकाको कोलोराडोमा गोली हानाहान हुँदा ३ जनाको मृत्यु भएका छन् । ११ जना घाइते भएका छन् । जसमा पाँच जना सुरक्षाकर्मी रहेका छन् । परिवार नियोजन क्लिनिक रहेको स्थानबाट आक्रमणकारीले प्रहरीमाथि गोली चलाएको बताइएको छ ।
आक्रमणकारीलाई प्रहरीले पक्रेको छ ।
आक्रमणकारी लुकेको उक्त क्लिनिकले गर्भपात गराउने गरेकामा आलोचना पनि हुने गरेको थियो । आक्रमणको उद्देश्य के थियो भन्ने अझै खुलेको छैन । (एजेन्सी)