टर्कीले गत मंगलबार सिरियाली सीमामा खसालेको रुसी युद्धक विमानका पाइलटको शव फेला परेको जनाएको छ ।
टर्कीस प्रधानमन्त्री अहमद दाभुतोग्लुले पाइलट लेफ्टिनेन्ट कर्णेल ओलेग पेश्कोभको शव रुसलाई बुझाइने बताएका छन् ।
विमानका अर्का पायलटको भने सिरियाली सेनाले जीवितै उद्धार गरेका थिए ।
टर्कीले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेकाले रुसी विमान खसालेको जनाए पनि रुसले आफ्नो विमान सिरियाली हवाई क्षेत्रमा उडिरहेको जिकिर गरेको छ ।
सो घटनापछि टर्की र रुसको सम्बन्ध चिसिएको छ भने रुसले टर्की विरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको छ । (एजेन्सी)