जिल्ला अस्पताल विकास समिति अर्घाखाँचीको चौथो बैठक सन्धिखर्कमा सम्पन्न


रेडियो अर्घाखाँची 
सन्धिखर्क,  अर्घाखाँची । जिल्ला अस्पताल विकास समिति अर्घाखाँचीको चौथो बैठक विहिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षतामा सम्पन्न भएको बैठकले आर्थिक बर्ष २०७२-०७३ का अनुमानित आय-व्याय प्रसताव पारीत गरेको छ ।
बैठकले अस्पतालको १५ बाट ५० शैयामा विस्तार गर्न यसै महिना भित्र मन्त्रालयबाट ओ.एन.एम. सर्वे गराउने ,अस्पताल विकास समितिको काम कार्वाही र गतिबिधिहरुलाई पारदर्शी एवम् प्रभावकारी ढङ्गले अगाडी बढाउन पौष मसान्त भित्र विनियमावली तयार गर्ने,सेवाग्राहीमा सेवाको अनुभुति हुनेगरी सेवा प्रभावकारी रुपमा अगाडी बढाउने लगायतका निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष चौहानले बताउनुभएको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी घिमिरे,जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.जगन्नाथ तिवारी,विकास समिति अर्घाखाँचीका कार्र्यक्रम अधिकृत नेत्र प्रसाद खनाल,सन्धिखर्क नगरपालीकाका निमित्त कार्यकारी अधिकृत थान बहादु महतरा, जिल्ला जन-स्वास्थ्य अधिकृत लिलाराम गौतम,लेखा अधिकृत बिष्णु प्रसाद आचार्य, स्टोर प्रमुख देवेन्द्र के.सी.लगायतले जिल्ला अस्पताल अर्घाखाँचीले छोटो समयमैै उन्नती प्रगती र विकासको क्षेत्रमा फड्को मारेको र १५ बाट ५० शैयामा अस्पतालको सेवा अगाडी बढाइसकेकोले प्रशन्नता व्यक्त गर्नुभएको थियो ।