धातिवाङ्गमा एकिकृत माओवादी र एमाले पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश

घनश्याम पौडेल
धातिवाङ्ग, अर्घाखाँची ।  नेपाली कांग्रेसका जिल्ला सभापती कमल प्रसाद भुसालले भारतले गरेको अघोषित नाकावन्दी हटाउन सरकारले कुनै पहल नगरेको आरोप लगाउनुभएको छ । 
नेपाली कांग्रेस धातिवाङ्गले धातिवाङ्गमा आयोजना गरेको पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा मन्तव्य राख्दै कांग्रेस सभापती भुसालले जिल्लाको विकास निर्माणमा नेपाली कांग्रेसले नेतृव्व गरेको वताउदै गाउँ गाउँमा नेपाली कांग्रेसको संगठनलाई तिव्र गतिमा अगाडी वढाउन आग्रह गर्नु भएको छ । उहाले सवै क्षेत्रको विकास निमार्णमा कांग्रेस लागीरहेको वताउदै कांग्रेसको नेतृव्वमा निमार्ण भएको संविधान कार्यानवयन गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनुभएको थियो । 
त्यसै गरी नेपाली कांग्रेसका जिल्ला सचिव वासुदेव आर्चायले सङ्गठन विस्तारलाई सवैले पहिलो प्राथमिकताका रुपमा लैजानुपर्नेमा जोड दिनुभएको थियो, भारतले गरेको अघोषित नाकावन्दीले नेपालीहरुले धेरै दुख पाएको वताउनु भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष यादव प्रसाद घिमिरे, तरुणदल धातिवाङ्गका अध्यक्ष शोभाखर पौडेल, शिक्षक हुमलाल खनाल लगाएतको उपस्थिती रहेको थियो । 
उक्त कार्यक्रममा क्षेत्र नम्ंवर २ का सभापती मणिराम पौडेलले धातिवाङ्ग कांग्रेसमय भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । 
अर्घाखाँची जिल्ला धातिवाङ्ग गाविसवाट एकिकृत नेकपा माओवादी र नेकपा एमाले पार्टी परित्याग गरी करिव ५० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । 
कार्यक्रम धातिवाङ्ग गाविसका सभापती मोदनाथ पौडेलको अध्यक्षता, गोविन्द पौडेलको सञ्चालन, लिलापती पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।