भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । राजस्थानको प्रतापगढको बरोल घाटमा मजदुर बोकेको पिकअप भ्यान र ट्रक एकापसमा जुध्दा १७ मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेका ११ जना महिला छन् । घटनामा घाइते १६ मध्ये चार जनाको अवस्था गम्भीर छ ।
यसैबीच राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले मृतकका प्रति परिवारलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेकी छिन् । (एजेन्सी)