ग्रीसको संसदद्धारा सन् २०१६ का लागि बजेट पारित

ग्रीसको संसदले सन् २०१६ का लागि बजेट पारित गरेको छ । ग्रीसको संसदले सरकारी खर्च कटौती र बढ्दो ऋणलाई ध्यानमा राखी बजेट पारित गरेको हो ।
बजेटका लागि संसदमा भएको मतदानमा पक्षमा १५३ र विपक्षमा १४५ मत परेको थियो ।
पारित बजेटमा सार्वजनिक क्षेत्रको खर्चमा साढे पाँच अर्ब युरोले कटौती गरिएको छ । आर्थिक संकटमा फसेको ग्रीसले यस वर्ष अन्तर्राष्ट्रिय ऋणदाताको तर्फबाट दिने राहत प्याकेजलाई कडा शर्तबीच स्वीकारेको थियो ।
बजेट पारित गर्नुअघि ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले बजेट पारित गर्नु सरकारका लागि ठूलो चुनौती भएको बताउँदै सहयोग गर्न सबै सांसद समक्ष अपील गरेका थिए । (एजेन्सी)