ताजकिस्तानमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

ताजकिस्तानमा सोमबार ७ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
ताजकिस्तानबाट १ सय ११ किलोमिटर दक्षिणपश्चिमको कारकुललाई केन्द्रबिन्दू बनाएर शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (युएसजीएस)ले जनाएको छ ।
भूकम्पको धक्का अफगानिस्तान, पाकिस्तानदेखि भारतको श्रीनगर, जम्मु, पञ्जाब र नयाँ दिल्लीमासमेत महसुस गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन । – एजेन्सी