शोभाखर पन्थी
ठाडा, अर्घाखाँची । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले इलाका वन कार्यालय ठाडा अर्घाखाँचीमा तालाबन्दी गरेको छ ।
माओवादीले बनतस्कर सँग मिलोमतो गरी वन बिनास गरेको आरोप लगाउँदै, सोमवार मध्यान्न कर्मचारी लाई बाहीर निकाली इलाका वन कार्यालयको मूलगेटमा तालाबन्दी गरीकालो झण्डागाडेको छ ।
तालाबन्दी पछि माओवादीले सरकारी तलब भत्ताखाने कर्मचारीले बनको रक्षा र संरक्षण गर्नु पर्नेमा उल्टै वनतस्कर सँग साँठगाँठगरी वन बिनास गरेको आरोप लगाउँदै चेतावनी स्वरुप तालाबन्दी गरेको जनाएको छ ।
साथै उसले सिधा सोझा उपभोत्तालाई झुट्ठामुद्दा लगाई कर्मचारीले दुःखदिने गरेको, वनतस्कर र उपल्लो निकायको बीचमा पुलकोकाम गरेको लगायतका आरोप लगाउँदै व्यवहारमा परिवर्तन नल्याए भौतिक कार्वाही गर्ने चेताबनी समेत दिएको छ ।
Shovakhar Panthi contributed to this report.