अर्घाखाँचीको धातिवाङ्गमा एक जनाको मृत्युमा तिन वटा बिमाको दाबी भुक्तानी

घनश्याम पौडेल
धातिवाङ्ग, अर्घाखाँची । अर्घाखाँचीको धातिवाङ्ग गाविसमा एसियन लाईफ इन्स्योरेनस कम्पनीले एक जनाको मृत्युमा  तिन वटा बिमाको दाबी भुक्तानी गरेको छ । 


एक जनाको मृत्युमा तीन वटा बिमाको भुक्तानी  गर्नुुपरेको अर्घाखाँचीको यो पहिलो उदाहरण भएको एसियन लाईफ इन्स्योरेन्स कम्पनीका अर्घाखाँची उपशाखा प्रमुख माधब प्रसाद पौडेलले बताए । 
   एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड अर्घाखाँची उपशाखाले अर्घाखाँचीको धातिवाङ्ग गाविस वडा नं. १ बाढुङ्गा मा एक कार्यक्रमको आयोजना गरी मृत्युदावी भुक्तानी गरेको छ । 
   धातिवाङ्ग गाविस वडा नं. १ निवासी गणेशबहादुर सारुले सन् २००८ मा छोरी दिपाको ५० हजारको र सन् २०११ मा छोरा पवन सारु र स्वयंम आफनो १-१ लाखको जिवन विमा गरेका थिए । गत असोज १६ गतेका दिन खोलामा नुहाउने क्र्रममा डुवेर गणेश वहादुर सारुको मृत्यु भए पश्चात निज गणेशकी श्रीमती सिता थापाले  भुक्तानीको लागी कम्पनीमा निवेदन दिएका थिए ।
 
 

कम्पनीको नियम अनुसार १ लाखको बिमा रहेको र दुर्घटनामा मृत्यु भएकोले थप १ लाख , त्यस्तै वोनस रकम २५ हजार गरी जम्मा २ लाख २५ हजारको एउटा चेक त्यस्तै छोरीको पढाई खर्च वापत १८ वर्षको उमेरसम्म प्रत्येक महिना ५०० को दरले प्राप्तहुने रकमको दोस्रो चेक, त्यसै गरी छोरा पवनले पनि प्रत्येक महिना १ हजारका दरले १८ वर्षको उमेरसम्म पाउने तेस्रो चेक गरी ३ वटा चेक हस्तान्तरण गरिएको हो । 
  वाबु अथबा आमा प्रस्तावक वसी वच्चाको विमा गरिदिएको र प्रस्तावकको मृत्यु भएको अवस्थामा विमाङ्कको १ प्रतिशत शैक्षीक सुविधा प्रत्येक महिना भुक्तानी गर्नुपर्ने साथै विमा किस्ता पनी कम्पनीले नै वुझाई दिनुपर्ने र वच्चाको उमेर नागरीक वनेपछी वा विमा अवधि समाप्त भैसके पछी वोनस सहित विमाङ्क रकम भुक्तानी गर्नुपर्ने कम्पनीको नियम रहेको उपशाखाका प्रमुख  पौडेलले वताए ।  


उक्त कार्यमक्रममा वोल्दै पौडेलले कम्पनीले टोलटोलमा अभिकर्ता एजेन्ट राखेकोले घरघरमा जिवनविमा गर्नुपर्ने वताए ।  जिवन विमाले छिटो र सरल तरिकाले भुक्तानी दिने गरेकोले जिवन विमाप्रती सवैको विश्वास समेत वढेको वताए । 
   स्वर्गिय गणेश सारुको सम्झनामा १ मिनेट मौनधारण गरी श्र्रद्धान्जली अपर्ण गरेको र उक्त कार्यक्रमको सञ्चालन एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ता मित्रदेव पौडेलले गरेका थिए । 
 
  अभिकर्ताहरु हिमलाल पौडेल, नविन टण्डन र शालीकराम वेल्वासे सहित विभिन्न व्यक्तीहरुको उपस्थिती रहेको थियो । त्यस्तै सम्विन्धित अभिकर्ताको हैसियतले मित्रदेव पौडेल र शालिकराम वेल्वासेले नजिकको हकदार भनी चेक हस्तान्तरण गरेका थिए ।