भारत र पाकिस्तानद्धारा अबरुद्ध शान्ति वार्ता पुनः सुरु गर्ने सहमति भएको घोषणा

भारत र पाकिस्तानले अबरुद्ध शान्ति वार्ता पुनः सुरु गर्ने सहमति भएको घोषणा गरेका छन् । इस्लामावादमा एउटा क्षेत्रीय सम्मेलनका क्रममा शान्ति वार्ता सुरु गर्नेबारे सहमति भएको घोषणा गरिएको हो ।
आफ्ना समकक्षी सरताज अजिजसँगको भेटवार्तापछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पत्रकारहरुसमक्ष दुई मुलुकका विदेश सचिवहरुको बैठकले शान्ति र सुरक्षाबारे हुने वार्ताका एजेन्डा तय गर्ने बताइन ।
दुई मुलुकले जारी गरेको संयुक्त वक्तव्यमा दुवै पक्ष व्यापक द्विपक्षीय संवादका लागि तयार भएको र दुवै देशका विदेश सचिवहरुले वार्ताको मिति र खाका तयार पार्ने उल्लेख छ ।
वार्तामा शान्ति सुरक्षा, जम्मु कस्मिर, अतिवादविरुद्धको लडाइलगायतका विषयमा छलफल हुने बताइएको छ । (एजेन्सी)