छत्रगञ्ज, अर्घाखाँची (अर्घाखाँची डट्कम)। नेपालकाे संविधान २०७२ काे अन्तरवस्तुकाे बारेमा स्थानिय शान्ति समिति अर्घाखाँचीको आयोजनामा अनुशिक्षण कार्यक्रम छत्रगञ्ज गाबिसको सार्वजनिक उच्च मावी छत्रगञ्जमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत संघसस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
साथै कार्यक्रममा अर्घातोस, मरेङ, भगवती, ठुलापोखरा, छत्रगञ्ज, केरुङ्गा, बल्कोट र चिदीका गाबिस स्तरिय शान्ति समितिका पदाधिकारीहरु एवं सराेकारवाला प्रतिनिधिकाे उपस्थितिमा सम्पन्न भएको थियो ।
२५ गते शुक्रबार बिहान ११ बजे
श्री ज्योति उच्चमावी ठाडाहुने कार्यक्रममा सिमलपानी, सीतापुर, ठाडा, सुवर्णखाल, जलुके, जुकेना गाबिसबाट सराेकारवाला प्रतिनिधिकाे उपस्थिति रहनेछ ।