रुसको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । रुसको दक्षिणपश्चिमी भोरोनेज क्षेत्रस्थित मानसिक रोगीको उपचार गर्ने अस्पतालमा लागेको आगोमा परी अरु दुई जना हराइरहेका छन् भने केही घाइते भएका छन् ।
आगलागी भएको अस्पतालबाट केही व्यक्तिलाई उद्धार गरिएको रुसी समाचार संस्था रिया नोभोस्तीले जनाएको छ । रुसकै अर्को समाचार संस्था तासले जलेको भवनबाट ५५ जना घाइतेको उद्धार गरिएको जनाएको छ ।
गम्भीर बिरामी आफ्नो शैयाबाट भाग्न नसक्दा आगोको लपेटमा परेका थिए । अस्पतालमा मानसिक रोगी, लागू पदार्थका अम्मलीका साथै सुधार गृहमा राख्दा पनि निको नभएकाहरुलाई उपचारका लागि राखिएको थियो । (एजेन्सी)