ढिकुरामा तथ्यमा आधारित योजना तर्जुमा तथा पैरवी सम्बन्धी ईलाका स्तरीय युवा क्लबलाई अभिमुखीकरण

नविन के.सी 
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढिकुरा गा.वि.स. मा ईलाका नं. ११ अन्तर्गतका युवाक्लबका प्रतिनिधिहरुको सहभागीतामा तथ्यमा आधारित योजना तर्जुमा तथा पैरबी सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । 


कार्यक्रममा योजना तर्जुमा तथा पैरबी वा वकालत के हो ? सहभागीतामुलक योजना तर्जुमाका १४ चरणहरु र यूवाका सवालहरुलाई कसरी योजना तर्जुमा प्रक्रियामा संलग्न गराउने रणनैतिक उपाय सहित राष्ट्रिय युवा नीति सम्बन्धी वृहत छलफल भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला विकास समितिका प्रशासन शाखा प्रमुख देवी बहादुर पन्थी रहनुभएको थियो । कार्यक्रमको सहजीकरण यु.एन.एफ.पि.ए.का जिल्ला कार्यक्रम अधिकृत कर्णबहादुर नेपाली, जिल्ला युवा संजालका अध्यक्ष मनिष सिंह, सचिव मधु कुमार श्रेष्ठ सदस्य बाबुराम रसाईली लगायतले गर्नुभएको थियो । 
सो कार्यक्रमको अध्यक्षता नमुना युवा परिषद् ढिकुराका अध्यक्ष श्री मणि भट्टराई ले गर्नुभएको थियो । सो कार्यक्रममा नमुना युवा परिषदका उपाध्यक्ष, सचिव लगायत सम्पुर्ण टिमको सक्रिय व्यवस्थापन रहेको थियो भने खाँचीकोट तथा अन्य गा.वि.स.का यूवाहरु गरी जम्मा ५२ जना यूवा तथा युवतीको सहभागीता थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै देवी बहादुर पन्थीले भन्नु भयो कि युवाहरुले देशमै स्वरोजगार हुनुपर्ने तथा युवाका योजनाहरु पनि वस्ती स्तरीय योजना तजुृमा प्रक्रियाबाट आउनुपर्नेमा जोड दिनुभयो  साथै कार्यक्रमको समापन गर्दै नमुना युवा परिषदका अध्यक्ष मणि भट्टराईले सबै युवाहरु एकजुट तथा अनुशासित भई अभि बढेमा देश समृद्ध बन्छ भन्ने कुरा राख्नु भएको थियो ।